जिसस कास्की प्रमुखमा एमालेका पौडेल निर्वाचित, गठबन्धनका ढकाल पराजित

Read Time = 2 mins

पोखरा । जिल्ला समन्वय समिति कास्कीको प्रमुखमा एमालेका लिलाधर पौडेल निर्वाचित हुनु भएको छ । पोखरा महानगर २२ बाट वडा सदस्यमा निर्वाचित उहाँलाई एमालेले जिससको प्रमुखमा उम्मेद्वार बनाएको थियो । उहाँले ६ भोट ल्याएर निर्वाचित हुँदा गठबन्धन उम्मेद्वार दीपेन्द्र ढकालले ४ मत ल्याउनु भयो ।

उपप्रमुखमा पनि एमालेकै सरिता कुमाल विजयी हुनु भयो । उहाँले गठबन्धनकी उषा थापालाई हराउनु भयो । ढकाल कांग्रेस र थापा माओवादीबाट उम्मेद्वार हुनु हुन्यो । ५ पालिका रहेको कास्कीमा एमालेले २ पालिकाको प्रमुख र ४ पालिकामा उपप्रमुख जितेको थियो । कांग्रेसले २ पालिकाको अध्यक्ष र १ पालिका उपाध्यक्ष तथा एकीकृत समाजवादीले पोखरा महानगरको प्रमुख जितेको हो ।

सदस्यहरुमा एमालेकै गणेशबहादुर घर्ती, लक्ष्मी दमै, सीतादेवी बिक, सुकमाया नेपाली, बालिका सुवेदी, राजु अधिकारी र हरेक बहादुर गुरुङ निर्वाचित हुनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?