अर्थमन्त्रीद्वारा संसदमा विनियोजन विधेयक पेस

Read Time = 1 min

काठमाडौं । प्रतिनिधिसभामा विनियोजना विधेयक २०७९ पेस गरिएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७९ पेस गर्नुभएको हो ।

यसअघि शुक्रबारको बैठकमा आर्थिक वर्ष २०७९–०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको अर्थमन्त्री शर्माले जवाफ दिनुभएको थियो ।

गत आइतबार (१५ जेठ) मा अर्थमन्त्री शर्माले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९–०८० को १७ खर्ब ९३ अर्ब र ८३ करोडको बजेट प्रस्तुत गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?