यौन हिंसा विरुद्ध मृत्युदण्डको व्यवस्था संविधानविपरीत: कानुन मन्त्री

Read Time = 1 min

काठमाडौं । ससदमा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ पेस गरिएको छ ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ पेस गर्नुभएको हो ।

सो विधेयक पेस गर्ने क्रममा मन्त्री शर्माले यौन हिंसाका पीडकलाई मृत्युदण्ड दिने व्यवस्थाको माग भए पनि यो संविधानविपरीत हुने भएकाले मृत्युदण्डको कानुन बनाउन नसकिने बताउनु भयो ।

यसअघि शुक्रबार नै अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा विनियोजन विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक २०७९ ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक २०७९ पेस गर्नुभएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?