पोर्चुगल र स्पेनको बराबरी

Read Time = 2 mins

लिस्वेन । युइएफए नेसन्स लिगको खेलमा पोर्चुगल र स्पेनले बराबरी खेलेका छन् । घरेलु टोली स्पेनका अल्भारो मोराटाले एक गोल गर्दा पोर्चुगलका रिकार्डाे होर्टाले बराबरी गोल फर्काउनुभएको थियो ।

स्पेनले खेलको २५औं मिनेटमा मोराटाको गोलबाट अग्रता लिएको थियो । परिवर्तीत खेलाडी रिकार्डाे होर्टाले ८२औं मिनेटमा गोल गर्दै पोर्चुगललाई हारबाट जोगाउनुभयो । यो बराबरीपछि लिग ‘ए’ ग्रुप दुईमा दुवै टोलीले समान एक अंक जोडेका छन् । गोल अन्तरमा पोर्चुगल दोस्रो तथा स्पेन तेस्रो स्थानमा छ ।

यस्तै नर्वेले सर्वियामाथि १-० को जित निकालेको छ । नर्वेको जितमा पहिलो हाफमा हालाण्डले निर्णायक गोल गर्नुभयो । यो जितसँगै नर्वेले लिग ‘बी’ ग्रुप चारमा तीन अंक जोडेको छ । समान तीन अंक नै रहे पनि स्वीडेन शीर्षस्थानमा छ । सर्विया तेस्रोमा छ ।

यही समूहको अर्काे खेलमा स्वीडेनले स्लोभेनियालाई २-० ले पराजित गरेको छ । स्वीडेनको जितमा इमिल फोर्सवर्ग र डिजान कुलुसेभ्स्कीले पहिलो र दोस्रो हाफमा गोल गर्नुभयो । यो जितसँगै स्वीडेन तीन अंक जोडेर शीर्षस्थानमा छ । स्लोभेनिया पुछारमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?