नेमार चम्कँदा ब्राजिलको सानदार जित

Read Time = 3 mins

रियो । स्टार फरवार्ड नेमारले सानदार प्रदर्शन गर्नुभएपछि ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दक्षिण कोरियामाथि पाँच÷एक गोलअन्तरको सानदार जित हात पारेको छ । ब्राजिलको जितमा नेमारले दुई तथा रिचार्लीसन, फिलिपे कौटिन्हो र गाब्रियल जेससले समान एक गोल गर्नुभयो । कोरियाका हृवाङ हि चेनले एक गोल फर्काउनुभयो ।

खेलको सातौं मिनेटमा रिचार्लीसनको गोलबाट ब्राजिलले अग्रता लिएको थियो । उहाँले फ्रेडको पासमा गोल गर्नुभएको हो । ३१औं मिनेटमा घरेलु टोलीले बराबरी गोल फर्काउनुभयो । ४२औं मिनेटमा नेमारले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई पुनः दुई/एकको अग्रता दिलाउनुभयो ।

५७औं मिनेटमा नेमारले पेनाल्टीमै गोल गर्दै ब्राजिललाई तीन/एकले अघि बढाउनुभयो । ८०औं मिनेटमा फिलिप कौटिन्हो र इन्ज्युरी समयमा गाब्रियल जेससले एक गोल थप्दै ब्राजिललाई सानदार जित दिलाउनुभयो । यस्तै एसियाली राष्ट्र जापानले पाराग्वेमाथि चार/एकको फराकिलो जित हात पारेको छ । जापानको जितमा ताकुमा एसानो, दाइची कामदा, काओरू मिटोमा र एओ तानकाले गोल गर्दा पाराग्वेका डेर्लिस गोन्जालेसले एक गोल फर्काउनुभयो ।

खेलको ३६औं मिनेटमा ताकुमाले र ४२औं मिनेटमा दाइची कामदाले गोल गरेपछि पहिलो हाफमै जापानले दुई गोलको अग्रता लिएको थियो । ६०औं मिनेटमा डर्लिस गोञ्जालेजले गोल गर्दै पाराग्वेका लागि एक गोल फर्काउनुभयो । तर, ६१औं मिनेटमा काओरू मिटोमा ८५औं मिनेटमा एओ तानकाले र खेलको अन्त्यमा परिवर्तित खेलाडी रिकार्डाे होर्टाले गोल गर्दै जापानलाई जित दिलाउनुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?