सम्बन्ध टुटेपछि फेरि एकसाथ नदेखिएका बलिउडका केही जोडी

Read Time = 4 mins

मुम्बई । चलचित्र नगरीमा कहिले कोसँग सम्बन्ध कायम हुन्छ, कहिले कोसँग सम्बन्धविच्छेद थाहै हुँदैन । बलिउड र हलिउडमा सम्बन्ध जोडिएका र ब्रेकअप भएका खबरहरू आइरहेका हुन्छन् । एकसाथ जिउने मर्ने कसम खानेहरू जब सम्बन्ध टुट्छ तब एकअर्कोको अनुहारसमेत हेर्न नपरे हुँदो हो जस्तो व्यवहार गरेको पाइन्छ ।

यहाँ केही बलिउडका ब्रेकअप जोडीहरूको चर्चा गर्न खोजिएको छ । बलिउडमा ब्रेकअपको कुरा आउँदा सलमान खान-ऐश्वर्या, अमिताभ-रेखा, ऋतिक–कंगना, शाहिद कपुर–प्रियंका, अक्षय कुमार-रविनालगायतको नाम अग्रस्थानमा आउँछ । यी जोडीले बलिउडमा सुपरहिट चलचित्र पनि दिएका छन् । तर, यिनीहरूको सम्बन्धको डोरी यति नराम्रोसँग टुट्यो कि पर्दाबाट पनि टाढा भए । आउनुहोस् यस्तै केही जोडीको चर्चा गरौँ ।

अमिताभ बच्चन र रेखा
अमिताभ बच्चन र रेखाका चलचित्रले एकपछि अर्को सफलता प्राप्त गरिरहेका थिए । उहाँहरूले बलिउडमा धमाल मच्चाइरहनुभएको थियो । तर, जया भादुरी र बिग बीच विवाह भयो । उहाँहरूको सम्बन्ध पूरै बदलियो । फेरि न उहाँहरूलाई साथ देखियो न फिल्ममा नै ।

सलमान र ऐश्वर्या
कुनै बेला सलमान ऐश्वर्याको लभ स्टोरीले निकै चर्चा बटुलेको थियो बलिउडमा । उहाँहरूको लभ स्टोरी जति पपुलर थियो बे्रकअपले पनि त्यत्तिकै चर्चा बटुल्यो । ‘हम दिल दे चुके सनम’ जस्तो ब्लकबस्टर फिल्मपछि यो जोडीलाई पनि फेरि सँगै देख्न पाइएको छैन ।

ऋतिक र कंगना
ऋतिक र कंगनाको लभ स्टोरीको चर्चा बजारमा त्यति धेरै नआए पनि जब उहाँहरूले एकदोस्रोलाई आरोप लगाउन सुरु गर्नुभयो तब उहाँहरूको आन्तरिक कुरा सतहमा आयो । उहाँहरूको झगडा बलिउडमा पछिल्लो समयमा चर्चाको विषय बनेको छ ।

शाहिद कपुर र प्रियंका
शाहिद कपुर र प्रियंका चोपडाको जोडीले ‘कमीने’ जस्तो सुपरहिट फिल्म दिनुभएको थियो । तर, उहाँहरूको सम्बन्ध धेरै नै पब्लिक भयो । फेरि उहाँहरूको सम्बन्ध पनि टाढियो ।

विवेक ओवराय र ऐश
विवेक ओवराय र ऐशको लभ स्टोरी पनि अजीव खालको रहृयो । जब उहाँहरूको सम्बन्ध टुट्यो तब विवेकको करियरमा पनि धक्का लाग्यो । पछि यस्तो अवस्था आयो कि न उहाँहरू एकअर्कोको अनुहार हेर्न मन पराउनुहुन्छ, न सलमान र विवेक नै ।

शुमार जान र विपाशा
कुनै समयको बलिउडको सबैभन्दा हट कपल हुनुहुन्थ्यो शुमार जान र विपाशा । उहाँहरूले ‘जिस्म’ जस्तो हिट फिल्म पनि दिनुभएको थियो । तर, छिट्टै उहाँहरूको सम्बन्ध पनि टुट्यो । फेरि कहिल्यै यो जोडीलाई फिल्ममा देख्न पाइएन ।

अक्षय कुमार र रवीना
अक्षय कुमार र रवीना टण्डनको मायाप्रेमले पनि बलिउडमा निकै चर्चा पाएको हो । दुवैले एकसाथ धेरै फिल्ममा पनि काम गर्नुभएको छ । तर, विवाहका लागि अक्षयले चुन्नुभयो ट्विंकललाई । यस्तै हाल रहृयो अक्षय कुमार र शिल्पा शेट्टीको पनि । एजेन्सी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?