स्वास्थ्यका लागि लसुन

हिमालय टाइम्स
Read Time = 3 mins

लसुन हाम्रो भान्सामा एक महत्वपूर्ण खाद्य पदार्थका रूपमा रहेको छ । यसलाई खानाको स्वाद बढाउन प्रयोग गरिन्छ । तर, के तपाईंलाई थाहा छ यो हाम्रो स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ । आयुर्वेदमा लसुनलाई औषधीय गुणको खजानाका रूपमा वर्णन गरिएको छ । लसुनमा क्याल्सियम, कपर, पोटासियम, फस्फोरस, आइरन र भिटामिन ‘बी’ जस्ता पोषक तत्व प्रशस्तमात्रामा पाइन्छ । बिहान खाली पेट पानीमा लसुनको केस्रा खाँदा धेरै स्वास्थ्य समस्यामा फाइदा हुन्छ ।

लसुन खानु हाम्रो पाचन प्रणालीका लागि निकै फाइदाजनक हुन्छ । लसुनको केस्रा दैनिक बिहान एक गिलास पानीमा मिसाएर खाँदा पाचन प्रक्रियामा मद्दत पुग्छ । यसले कब्जियत, ग्याँस र अपच जस्ता समस्याबाट छुट्कारा दिने चिकित्सकको भनाइ छ ।

उच्च रक्तचापका बिरामीका लागि पनि लसुन लाभदायक छ । यसका साथै रगत जम्ने समस्या भएका मानिसहरूका लागि लसुनको सेवन निकै फाइदाजनक हुन्छ । बिहान खाली पेटमा लसुनको एक वा दुईवटा केस्रा चपाउँदा रगतलाई पातलो बनाउन मद्दत गर्छ ।

लसुनको सेवनले शरीरबाट हानिकारक तत्व बाहिर निकाल्छ । यसले शरीरलाई डिटोक्सिफिकेसन गर्छ र उच्च कोलेस्ट्रोल, मधुमेह, डिप्रेसन र धेरै प्रकारका क्यान्सरबाट बचाउँछ भन्ने मान्यता रहेको छ ।

लसुनमा एन्टिअक्सिडेन्ट गुण भएकाले कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्छ । यदि तपाईं लसुनको नियमित सेवन गर्नुहुन्छ भने तपाईंको रक्तचाप र ब्लड सुगर दुवै नियन्त्रणमा रहन्छ ।

लसुनको सेवनले शरीरको रोग प्रतिरोधी क्षमता बलियो हुन्छ । हरेक बिहान खाली पेटमा पानीसँग लसुन खाँदा रुघाखोकी, दमजस्ता समस्याबाट बच्न सकिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?