बौद्धिक प्रतिभा पलायन हुनबाट रोक्नु मुलुकको अपरिहार्य आवश्यकता : प्रधानमन्त्री देउवा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बढ्दो शैक्षिक बेरोजगारी हटाई बौद्धिक प्रतिभा पलायनलाई नरोक्दासम्म मुलुकमा उज्यालो भविश्य सुनिश्चित गर्न नसकिने बताउनुभएको छ । काठमाडौं विश्वविद्यालयको दोस्रो चरणको २७ औँ दीक्षान्त समारोहलाई शुक्रबार काभ्रेपलाञ्चोकको धुलिखेलमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बढ्दो शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई न्यूनीकरण गर्दै युवा जनशक्तिलाई उनीहरूको रुचि र विश्व बजारको मागअनुसारको गुणस्तरीय शिक्षा उपलब्ध गराउने वातावरण निर्माण गर्न विश्वविद्यालयलाई आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाले शिक्षित युवा जनशक्ति मुलुकको विकास र परिवर्तनका संवाहक भएकाले दीक्षित युवा जनशक्तिलाई त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो । यसका लागि विश्वविद्यालयलाई आवश्यक पर्ने सहयोग र सहजीकरणका लागि सरकार तयार रहेको पनि उहाँले बताउनुभयो । प्र्रधानमन्त्री देउवाले काठमाडौं विश्वविद्यालयले शैक्षिक क्षेत्रमा मुलुकको शिक्षा क्षेत्रको प्रतिष्ठा प्रवद्र्धन गरी विश्वमा पु¥याउन सहयोग पुगेको बताउनुभएको छ । उहाँले विश्वव्यापीरुपमा फैलिएको कोभिड-१९ को महामारीका बीचमा पनि आफ्ना शैक्षिक क्यालेण्डरअनुसार कार्यक्रमलाई निरन्तरता दिएको र बौद्धिक जनशक्तिको पलायनलाई रोक्न सीपयुक्त जनशक्ति उत्पादनमा लागेको भन्दै विश्वविद्यालयको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

काठमाडौं विश्वविद्यालयको २७औँ दीक्षान्त समारोहमा तीन हजार १६४ विद्यार्थी दीक्षित भएका छन् । शुक्रबार एक हजार ७१५ जना र गत नोभेम्बरमा एक हजार ४४९ गरी तीन हजार १६४ विद्यार्थी दीक्षित भएका हुन् । कोरोना महामारीका कारण दुई चरणमा दीक्षान्त समारोह गरिएको केयूका प्रवक्ता उद्धव प्याकुरेलले बताउनुभयो । ‘कोरोनाका कारण फिल्ड र ल्याबमा गर्नुपर्ने विद्यार्थीको प्रोजेक्ट सकिएको थिएन ।

त्यसैले यो वर्ष दुई चरणमा समारोह गर्नुपरेको हो,’ उहाँले भन्नुभयो । उहाँका अनुसार विदेशी विद्यार्थीसमेत दीक्षित भएका छन् । भारत, श्रीलंका, मालदिभ्स, अमेरिका, अस्ट्रेलिया, चीन, जर्मनीका विद्यार्थी पनि दीक्षित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?