काठमाडौं । एनएमबी बैंकले विभिन्न कारण जोखिममा परेका महिलालाई उद्धार तथा सशक्तीकरण गर्दै आएको गैरसरकारी संस्था ‘छोरी’ मा आबद्ध दिदीबहिनीका लागि वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा छोरी संस्थाका ५५ जना महिला दिदीबहिनीको सहभागिता थियो ।
बैंकको लघुवित्त विभागद्वारा आयोजित कार्यक्रममा सहभागीलाई उत्प्रेरणाका साथैै बचत, लगानी, विभिन्न प्रकारका कर्जा तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवा सुविधाका विषयमा वित्तीय शिक्षा प्रदान गरिएको बैंकले जनाएको छ ।
कार्यक्रममा एनएमबी बैंकका कर्मचारीहरू डा. बुद्धि मल्ल, शरद पौडेल, नवीन पन्थी र छोरी संस्थाकी कार्यक्रम संयोजक शारदा पुरीको उपस्थिति रहेको थियो ।







सुदर्शन थापाको निर्देशनमा ‘शुभ विवाह’
‘ककाकिकी’ पार्श्व गायनमा अर्जुनको डेब्यु
‘ए मेरो हजुर-५’को शुभमुहूर्त, बडीमालिका
गान्तोकमा नेपथ्यको पहिलो सांगीतिक प्रस्तुति
‘लोकल हिरो’मा अरुण क्षेत्री
‘रोड टु एभरेस्ट’को ट्रेलर सार्वजनिक