‘छोरी’ मा एनएमबीको वित्तीय साक्षरता कार्यक्रम

Read Time = 1 min

काठमाडौं । एनएमबी बैंकले विभिन्न कारण जोखिममा परेका महिलालाई उद्धार तथा सशक्तीकरण गर्दै आएको गैरसरकारी संस्था ‘छोरी’ मा आबद्ध दिदीबहिनीका लागि वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा छोरी संस्थाका ५५ जना महिला दिदीबहिनीको सहभागिता थियो ।

बैंकको लघुवित्त विभागद्वारा आयोजित कार्यक्रममा सहभागीलाई उत्प्रेरणाका साथैै बचत, लगानी, विभिन्न प्रकारका कर्जा तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवा सुविधाका विषयमा वित्तीय शिक्षा प्रदान गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा एनएमबी बैंकका कर्मचारीहरू डा. बुद्धि मल्ल, शरद पौडेल, नवीन पन्थी र छोरी संस्थाकी कार्यक्रम संयोजक शारदा पुरीको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?