सौर्य सिमेन्टद्वारा वृक्षारोपण

Read Time = 2 mins

काठमाडौं । सौर्य सिमेन्टले आफ्नो उद्योग परिसरभित्र वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । आफ्ना डिलर र कर्मचारीको सहभागितामा कम्पनीले आँप, लिची, अम्बा, कागती, नरिवलगायतका वृक्षारोपण गरेको हो । रोपिएका बिरुवालाई हुर्काउन, मलजल गर्न मालीको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

साधारण वृक्ष रोपणभन्दा फरक तरिका अपनाएकाले बिरुवाको कोडिङ गरी प्रत्येक बिरुवालाई रोप्ने व्यक्ति वा फर्मको नामाकरण गरिएको छ । सौर्य सिमेन्टका ब्रान्ड म्यानेजर अनुज महतले भन्नुभयो, ‘कसलाई आफ्नो घर परिसर हरियाली नहोस् भन्ने लाग्छ र ? हामीले हाम्रो वातावरणलाई स्वच्छ पार्न र हाम्रो समाजप्रतिको दायित्वअन्तर्गत वृक्षारोपण कार्यक्रम आयोजना गरेका हौँ ।’ सौर्य सिमेन्टका डिलर आरोग्य सप्लायर्सका राजन ढुंगेलले भन्नुभयो, ‘सौर्य सिमेन्टले साह्रै राम्रो कार्यक्रम आयोजना गरेको छ । आफ्नो मिर्चैयास्थित फ्याक्ट्रीबाट सुरु गरेको वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिने सुनेपछि हामी डिलरहरू साह्रै हर्षित छौँ । आफूले सक्ने मद्दत पनि गर्नेछौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?