इजिप्टमा वाइवाइले फहरायो नेपालको झण्डा

Read Time = 2 mins

काठमाडौं । सिजी कर्प ग्लोबलले इजिप्टमा चन्द्रसूर्य अंकित नेपाली राष्ट्रिय झण्डा फहराएको छ । वाइवाइको इजिप्टमा प्लान्ट स्थापना गर्ने योजना कार्यान्वयनसँगै त्यहाँ नेपाली झण्डा पनि फहराएको हो । सिजी कर्प ग्लोबल नेपालका एक्ला अर्बपति विनोद चौधरीका गैरआवासीय नेपाली (एनआरएन) छोराहरूद्वारा प्रवद्र्धित कम्पनी हो ।

कम्पनीले विश्वव्यापीरूपमा वाइवाइ विस्तारका अतिरिक्त हस्पिटालिटी क्षेत्रमा लगानी गर्नुका साथै सिजीलाई एसियाको एक द्रुततर गतिमा सफलता हासिल गर्ने कम्पनीका रूपमा स्थापित गरेको जनाएको छ ।

कम्पनीका अनुसार बिहीबार इजिप्टको बेनिसफमा आयोजित एक कार्यक्रमबीच वाइवाइ प्लान्टको शिलान्यास गरिएको हो । इजिप्टस्थित नेपाली दूतावासका चार्ज डि अफेयर्स दीपक घिमिरे र सिजी कर्प ग्लोबलका वरिष्ठ अधिकारीको सहभागिता कार्यक्रममा रहेको थियो । वाइवाइ प्लान्ट शिलान्याससँगै उद्योग स्थापना हुने ठाउँमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ ।

सिजी कर्प ग्लोबलले विश्वव्यापी आफ्ना आइकनिक प्रोपर्टीहरूमा नेपालको झण्डा फहराइरहेको छ । दुवईस्थित जेएलटी होटल, काजखस्थित वाइवाइ प्लान्टलगायतका स्थानमा यसअघि नै नेपाली झण्डाले नेपालको शान बढाइरहेको छ । वाइवाइ अन्तर्राष्ट्रिय बजारमा नेपालको सबैभन्दा प्रख्यात ब्रान्ड हो । नेपाल, भारत, बंगलादेश, युरोप, युरेसिया, सेन्ट्रल एसियाबाट वाइवाइ उत्पादन हँुदै आएको छ । विश्व नुडल्स बजारमा तीन प्रतिशत हिस्सा ओगट्दै वाइवाइ एक सशक्त ब्रान्ड बनेको कम्पनीको दाबी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?