अर्थशास्त्रको परीक्षामा पोहोरकै प्रश्नपत्र : त्रिविले छानविन गर्ने

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले प्रश्नपत्र दोहोरिएको सम्बन्धमा छानबिन गर्ने भएको छ । त्रिवि मानविकी तथा समाजशास्त्र संकायका डीन प्राडा. कुसुम शाक्यले हुबहु दोहोरिएको प्रश्नपत्रबारे छानविन गर्ने बताउनुभयो ।

मानविकी संकायले बुधबार स्नातकोत्तर तह तेस्रो सेमेस्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ को लिएको परीक्षामा गत वर्षकै प्रश्नपत्र हुबहु दोहोर्याएको थियो ।

त्रिवि मानविकी तथा समाजशास्त्र संकायको डिन कार्यालयले सञ्चालन गरेको २०२१ को फाइनल परीक्षामा सोधिएका प्रश्नहरू सोही विषयको २०२० कै प्रश्न हुवहु सोधिएको पाइएको हो।

डिन डा. शाक्यले प्रश्नपत्र छपाइमा त्रुटि हुँदा पुरानौ प्रश्नपत्र दोहोरिएकाले छानविन गरेर यसको सत्यतथ्य बाहिर ल्याउने बताउनुभयो। उहाँले भन्नुभयो, ‘प्रश्नपत्र दोहोरिएको सत्य हो। कसको गल्तिले यस्तो हुन गयो । छलफल गरिरहेका छौँ। छानविन गरेर दोसी उपर कारवाही हुन्छ।’

परीक्षाका लागि विज्ञहरूसँग मागिने विभिन्न सेट प्रश्नहरू मध्ये कुन प्रश्न कहिलेको परीक्षामा सोधिइन्छ भन्ने थाहा नहुने उहाँको भनाइ छ। प्रश्नमा पहिलो समुहको पहिलो प्रश्न हुबहु छ भने दोस्रो प्रश्नमा ‘एक्सप्लेन’को ठाउँमा ‘डिस्क्राइब’ लेखिएको छ।

तेस्रो प्रश्नमा गतवर्ष नेपाल जस्तो विकासोन्मुख देशमा वित्तीय नीतिका औजारहरूको उपयोगिताबारे ‘एक्स्प्लेन’ गर्न भनिएकोमा यसपटक यहीबारे ‘डिस्क्राइब’ गर्न भनिएको छ।

त्यस्तै समुह बीका चार, पाँच र छ नम्बरको प्रश्न हुबहु छ भने सातौँ नम्बरमा गत बर्ष सोधिएको ‘डिस्क्राइब’को ठाउँमा ‘एक्स्प्लेन’ राखिएको छ । त्यस्तै आठ नम्बरमा पनि डिस्कसको ठाउँमा एक्स्प्लेन राखिएको छ ।

११ नम्बर प्रश्नमा पनि एउटा शब्द फेरे पनि प्रश्न उही छ । १२ नम्बरमा फेरि एक्स्प्लेनको ठाउँमा डिस्क्राइब शब्द फेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?