हचुवाको भरमा साइकल लेन बनाउँदा जोखिम हुन्छ: मेयर बालेन

Read Time = 1 min

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन साहले अध्ययनबिना साइकल लेन बनाउन नसकिने जनाउनु भएको छ। साइकल दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साहले काठमाडौंमा साइकल लेन सञ्चालन गर्नुअघि अध्ययन अनिवार्य भएको बताउनु भयो ।

‘जुन बाटोमा साइकल गुड्छ, त्यही बाटोमा गाडी हिड्छ । मानिस दुर्घटनामा पर्ने सम्भावना हुन्छ’, मेयर शाहले दरवारमार्गमा आयोजित एक कार्यक्रममा भन्नुभयो, ‘बाहिरतिर साइकल लेन छुट्टै हुन्छ, फुटपाथ जस्तै वार लगाएको हुन्छ अनि सुरक्षित महशुस हुन्छ । गाडीहरुको स्पिड बढी हुने भएकाले दुर्घटनाको सम्भावना बढी हुन्छ । सुरक्षा पहिलो मुद्दा हुनुपर्छ ।’

उहाँका अनुसार हचुवाको भरमा साइकल लेन बनाउने भन्दापनि व्यवस्थित तरिकाले लेन निर्माण गरिनुपर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?