थप १६ जनामा कोरोना संक्रमण, ११० जना सक्रिय संक्रमित

Read Time = 1 min

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार दुई हजार १८४ जनामा कोरोना परीक्षण गर्दा १६ जनामा मात्र संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ११० रहेको छ । विगत २४ घण्टामा नौजना संक्रमणमुक्त भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६७ हजार १२८ पुगेको छ । निको हुने दर ९८।८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आज संक्रमित कसैको पनि निधन भएको छैन । शून्य संक्रमित हुने ३७ जिल्ला पुगेका छन् । नेपालमा संक्रमण दर १७.१ प्रतिशत छ । नेपालमा प्रतिदश लाखमा ३९३.४ को निधन भएको छ । आज एक लाख ८४ हजार ५२१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म होम आइसोलेशनमा ११० जना रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?