प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था गरौं : कमल थापा

Read Time = 2 mins

विराटनगर । राप्रपा नेपालका अध्यक्ष कमल थापा विराटनगरमा आयोजित छुट्टाछुट्टै अन्तरक्रिया र कार्यकर्ता भेलामा सहभागी हुनु भएको छ।

प्रदेश नम्बर १ को राजधानी विराटनगरमा 'वर्तमानका चुनौती र विकल्प' विषयमा बुद्धिजीवी वर्ग र उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिसँगको अन्तर्क्रियामा बोल्दै अध्यक्ष थापाले धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, समानुपातिक निर्वाचन प्रणाली राप्रपा नेपालको प्रस्ताव रहेको बताउनु भयो ।

विभिन्न क्षेत्र, वर्ग, समुदायका व्यक्तिसँग आज आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले राप्रपा नेपाल र पार्टीको भावी योजना तथा कार्यदिशाका बारेमा स्पष्ट पार्नुभएको थियो। पार्टीको एजेन्डाको बारेमा धारणा राख्दै थापाले धार्मिक, सांस्कृतिक पक्ष र महत्त्व, आर्थिक अवधारणा, बेरोजगारी समस्या, बढ्दो भ्रष्टाचार, कुशासनलगायतको चर्चा गर्दै राप्रपा नेपाललाई मुलुकको वैकल्पिक शक्तिको रूपमा स्थापित गर्न प्रयासरत रहेको उहाँले बताउनु भयो ।

मुलुकको आर्थिक दुरावस्थाका कारण आगामी दिन झन् संकटग्रस्त हुनेतर्फ थापाले चिन्ता प्रकट गर्नुभएको थियो । उहाँले समस्याको निकास दिन र मुलुकलाई असफलताबाट जोगाउन सबै क्षेत्रबाट दलीय स्वार्थ र वादभन्दा माथि उठेर सोच्नु पर्नेमा जोड दिनु भयो ।

यसैगरी प्रदेश १ स्तरीय अगुवा कार्यकर्ता भेलाको पनि अध्यक्ष थापाले आज विराटनगरमा उद्घाटन गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?