काठमाडौं । सिटिइभिटीअन्तर्गतको बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी बालाजुले छोटो अवधि अर्थात् तीन सय ९० घण्टाको आर्क वेल्डिङ तालिम आयोजना गरेको छ । ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै तालिमका सहभागीलाई महासंघले रोजगारीको व्यवस्था गर्ने बताउनुभयो ।
नेपालमा सञ्चालित झण्डै ११ हजार ग्रिल उद्योगका लागि दक्ष जनशक्ति अभावका कारण उद्योग सञ्चालन गर्न समस्या परिरहेकोमा तालिम केन्द्रबाट उत्पादित जनशक्तिले थोरै भए पनि राहत पुग्ने उहाँले बताउनुभयो । अध्यक्ष कटुवालका अनुसार देशभर सञ्चालित ग्रिल उद्योगमा नेपाली, भारतीय, बंगलादेशी गरी एक लाख ७० हजार जनशक्ति कार्यरत रहेका छन् भने अझै २० हजार जनशक्ति तत्कालै आवश्यक छ ।
बजार मागअनुसारको तालिम लिएका जनशक्तिले स्वदेशमै रोजगारी पाउने र विदेश जाँदा पनि राम्रो सेवा सुविधा पाउने उहाँको भनाइ छ । कार्यक्रममा आयोजक संस्थाका प्रमुख गुणानन्द झाले तालिम लिएका जनशक्तिले स्वदेशमा रोजगारी पाऊन् भन्ने उद्देश्यले नै निजी क्षेत्रसँग सहकार्य गरेर तालिम सञ्चालन गरिएको बताउनुभयो ।
प्रशिक्षार्थीलाई ओजिटीका लागि निजी क्षेत्रका उद्योगमा समेत पठाउने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । उपप्रमुख उमा श्रेष्ठले छोटो अवधिको तालिम साधारण लेखपढ गर्न सक्नेदेखि उच्च शिक्षा हासिल गरेकाले पनि लिन सक्ने र खाजा भत्तासहित निःशुल्क तालिम पाउने हुँदा तालिमको माग बढ्दै गएको बताउनुभयो । मेकानिकल प्रशिक्षक ईश्वरीलाल श्रेष्ठले विदेशमा समेत काम गरी अनुभव बटुलेका र प्लस टु पास गरेका प्रशिक्षार्थीसमेत तालिम लिन आउने भएकाले उनीहरूले छिट्टै सिक्ने गरेको पनि उहाँको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच