असारमा चेम्बर एक्स्पो

Read Time = 1 min

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ‘नेपाल चेम्बर एक्स्पो-२०२२’ आयोजना गर्ने भएको छ । चेम्बरले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा आगामी असार २ देखि ६ गतेसम्म भृकुटीमण्डपमा एक्स्पो आयोजना गर्ने भएको हो ।

व्यापार मेला समितिका अध्यक्ष राष्ट्रभूषण चाकुबजीले निर्यात प्रवद्र्धन र वैदेशिक लगानी आकर्षण गर्न एक्स्पो आयोजना गर्न लागिएको बताउनुभयो । पाँचौँपटक हुन लागेको एक्स्पोको बंगलादेश ‘पार्टनर कन्ट्री’ रहेको चेम्बरले जनाएको छ ।

पाँच दिनसम्म चल्ने एक्स्पोमा स्वदेश तथा विदेशका एक सय ५० स्टल रहने र नेपाल, भारत, पाकिस्तान, बंगलादेशलगायत देशमा उत्पादित सामग्री राखिने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?