अपोलोमा मुटु र फोक्सोको सफल प्रत्यारोपण

Read Time = 4 mins

काठमाडौं । भारतको नयाँदिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालले मुटु र फोक्सोको सफलतापूर्वक प्रत्यारोपण गरेको छ । अस्पतालले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो । मिर्गाैला, कलेजो तथा बोनम्यारो प्रत्यारोपण अग्रणी केन्द्रका रूपमा रहँदै आएको अपोलो अस्पतालले मुटु प्रत्यारोपण पनि सफलतापूर्वक सम्पन्न गरेको अस्पतालकी कार्डियक इलेक्ट्रोफिजियोलिस्ट र इन्टरभेन्सनल कार्डियोलोजिस्ट, वरिष्ठ सल्लाहकार डा. विनिता अरोराले बताउनुभयो ।

कार्डियोथोरासिक मुुटु तथा फोक्सो शल्यक्रिया विशेषज्ञ डा. मुकेश गोयलले फोक्सो र मुटु रोगका जटिलता र भारतमा उपलब्ध उच्चस्तरीय उपचार मोडलबारे जानकारी गराउनुभयो । अपोलो अस्पताल पल्मोनोजोजी विभाग, क्रिटिकल केयर स्पिप मेडिसिन विभागका वरिष्ठ सल्लाहकार डा. एमएस कुँवरले भन्नुभयो, ‘फोक्सो प्रत्यारोपण भनेको शल्यक्रियामात्र होइन, आइपिएफ, सिओडिपी, एम्फिसेमा, कोडि फाइव्रोसिस, पल्मोनरी हाइपरटेन्सन र अन्य विविध अन्तिम चरणको फोक्सो रोगका बिरामीको स्वास्थ्य अवस्था स्थिर राख्दै फोक्सो प्रत्यारोपणअघि गरिने व्यापक पूर्वतयारीबाट सुरु हुने प्रक्रिया हो ।’ कुुँवरका अनुसार फोक्सोको सामान्य पुनस्र्थापन, अधिकतम अक्सिजन थेरापी र सकारात्मक दबाब भेन्टिलेस र इसिएमओलगायत पनि समावेश छ । फोक्सोको शल्यक्रिया जटिल छ, जटिलता भनेको शल्यक्रियापछिको तत्काल र दीर्घकालीन हेरचार पनि हो ।

वरिष्ठ सल्लाहकार डा. अरोराका अनुसार देब्रे मुटुले काम नगर्ने अधिकांश एलभी ड्यास फंसन बिरामीको उच्च मृत्युको कारण या त मुटुको पम्प फेल हुन्छ या अचानक कार्डियक अरेस्ट हुन्छ । त्यस्तो अवस्थामा सावधानीपूर्वक जाँच गरेपछि काडियक रिसिंक्रोनाइजेसन थेरापी उपकरण वा स्वचालित प्रत्यारोपण डिफिब्रिलेटर उपकरण प्रत्यारोपण गरेर बिरामी बचाउन सकिन्छ । दुवै उपकरण एउटै उपकरण कम्बो डिभाइसमा समेत उपलब्ध रहेका छन् ।

त्यस्तै कमजोर मुटु भएका बिरामीमा प्रयोग गरिने अर्को विशेष उपचार प्रक्रिया फिजियोलोजिकल पेसिङ पनि हो, जहाँ विद्युतीय वाइवास गर्न तल्लो चेम्बरमा लिड राखेर दुवै चेम्बरमा पेसमेकर प्रयोग गरिन्छ । जसले मुटुको कार्यक्षमतामा व्यापक सुधार गर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?