दाहालको ‘अन्तिम हुनसक्छ…’ लोकार्पण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । साहित्यकार सुमन दाहालको कविता संग्रह ‘अन्तिम हुनसक्छ...’ को एक समारोहबीच लोकार्पण भएको छ । यस गद्यकविता संग्रहको अनामनगरस्थित निम्तो रेष्टुरेन्टमा साहित्यकार कलानिधि दाहाल तथा अन्य उपस्थित साहित्यकारबाट लोकार्पण भएको थियो ।

साहित्य पोष्ट प्रकाशक रहेको यस कृतिको लोकार्पण समारोहमा उक्त पोष्टका सम्पादक अश्विनी कोइरालाले सभापतित्व गर्नुभएको थियो भने कार्यक्रम कृष्ण ढुंगेलले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा कविको कवित्व र व्यक्तित्वका साथै कृतित्वमाथि अच्युत कोइराला, कलानिधि दाहाल, दामोदर निरौला तथा मन्दिरा मधुश्रीले प्रकाश पार्नुभएको थियो । कवि सुमन दाहालले उक्त पुस्तक लेखन प्रसंगलगायत बारेमा बताउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?