रूस-युक्रेन युद्धको सय दिन, एक करोड २० लाख विस्थापित

फाईल तस्बिर

Read Time = 3 mins

किभ । रूसले युक्रेनमा युद्ध गरेको एक सय दिन पुगेको छ । रूसले युक्रेनमाथि गत २४ फेब्रुवरीबाट हमला सुरु गरेको थियो । यसबीचमा रूसले महत्वपूर्ण सहर मारिओपोललाई कब्जा गरेको दाबी गरेको छ । रूसले राजधानी किभलगायत महत्वपूर्ण क्षेत्रमा हमला गरे पनि युक्रेनी सेनाको सशक्त प्रतिकारका कारण पछि हटेको बताइएको छ ।

रूसी हमलाको प्रतिकार गर्न युक्रेनलाई अमेरिकालगायत पश्चिमा देशहरूले अत्याधुनिक हतियार उपलब्ध गराउँदै आएका छन् । अमेरिकाले युक्रेनलाई हालसालैमात्र अत्याधुनिक क्षेप्यास्त्र दिने घोषणा गरेको छ । पूर्वी दोनबास क्षेत्रमा रूसी सेनाले रणनीतिक सफलता प्राप्त गरेको भए पनि उसले ठूलो मूल्य चुकाएको बेलायती सेनाको गुप्तचर निकायले जनाएको छ ।

यो अवधिमा दुवै देशका हजारौं सैनिक मारिएका छन् । एक करोड २० लाख नागिरक विस्थापित हुँदा करिब ६८ लाख मानिसले युक्रेन छाडेको संयुक्त राष्ट्रसंघले जनाएको छ । जसमध्ये करिब ३६ लाख मानिस पोल्याण्ड पुग्दा ८० लाख मानिस आन्तरिक रूपमै विस्थापनमा परेका छन् ।

युद्धमा युक्रेनका धेरै शहर खण्डहरमा परिणत भएका छन् । यस युद्धमा क्रमशः पूर्वी युरोप र बाँकी विश्व पनि तानिएको छ । यस युद्धले निम्त्याएको विनाशले युक्रेनलाई बर्बादीको संघारमा पुर्‍याएको छ । रूसले युक्रेनका सम्पूर्ण संरचनालाई ध्वस्त पारेको छ । सधै चहलपहल रहेने युक्रेनी शहरमा मसाटघाट जस्तै सन्नाटा छाएको छ ।

यसैबीच युरोपेली संघले रूसबाट इन्धन ल्याउन प्रतिबन्ध लगाउने औपचारिक निर्णय गरेको छ । रूसले युक्रेनमाथि आक्रमण गरेको एक सय दिन पुगे पनि आक्रमण नरोकिएकाले इन्धन आयात प्रतिबन्ध गरेर संघले दबाब दिएको हो । यसअघि २७ देशले रूसका उच्च अधिकारीलाई आफ्नो देशप्रवेशमा प्रतिबन्ध लगाएका छन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?