यस्तो छ तपाईंको जेठ २२ गते आइतबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल जेठ २२ गते आइतबार, ई.सं.- ५ जुन, २०२२ । तिथि- जेठ शुक्लपक्ष षष्ठी, नक्षत्र- अश्लेषा, योग- व्याघात, करण- कौलव, चन्द्रराशि- कर्कट, सूर्योदयः ५ः१०, सूर्यास्तः १८ः५५ ।

मेष : साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ ।

वृष : व्यक्तिगत मानसम्मानको रक्षाका लागि प्रयास हुनेछन् ।

मिथुन : लगानीमा रहेका धनको उचित प्रतिफल नआउनाले मन खिन्न हुनेछ ।

कर्कट : पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ ।

सिंह : पहिले गरिएका कामबाट राम्रो दाम प्राप्त हुनेछ ।

कन्या : घुमघाम, भ्रमण र पर्यटनको अनुकूलता मिल्नेछ ।

तुला : बन्धुवान्धव र साथीभाइले काममा सहयोग पु¥याउनेछन् ।

वृश्चिक : आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ ।

धनु : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।

मकर : रोजगारीका क्षेत्रमा सम्मान र शाख जोगाउन सकिनेछ ।

कुम्भ : पारिवारिक जीवन सन्तोषप्रद रहनेछ ।

मीन : सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?