महिलातर्फको फ्रेन्च ओपनको उपाधि इगालाई

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

पेरिस । उपाधि विश्व नम्बर एक इगा स्वेटेकले फ्रेन्च ओपन टेनिस अन्तर्गत महिलातर्फको उपाधि जितेकी छिन् ।

पेरिसमा शनिबार भएको फाइनलमा अमेरिकी खेलाडी कोको गाउफलाई हराउँदै पोल्याण्डकी इगाले उपाधि जितेकी हुन्।

इगाले १८ औं वरियताकी कोकोलाई ६-१ र ६-३ ले पराजित गरिन् ।

इगाले दोस्रो पटक फ्रेन्च ओपन जितेकी हुन् । यस अघि उनले २०२० मा उपाधि जितेकी थिइन् ।

२१ बर्षीया इगाको यो दोस्रो ग्रान्डस्लाम उपाधि हो । पुरुषतर्फको उपाधिका लागि राफायल नाडाल र क्यास्पर रुड भिड्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?