शासनमा नीतिको प्रयोग

डा. गणेशप्रसाद घिमिरे
Read Time = 14 mins

नीति देशको हुुन्छ शासकको होइन । शासक जनताको हुुन्छ एकल होइन । नीति र शासकका बीचमा देखिने अन्तरले उसलाई धरातलमा मात्र सीमित राखेको हुुन्छ । शासनसत्तामा पुुर्‍याउन सक्दैन । राज्यमा नीतिको प्रत्यक्ष सम्बन्ध कूूटनीतिसित रहेको हुुन्छ । यसैलाई शासनको आधार मानिएको छ । शासन चलाउन खोज्ने तर नीतिलाई अवलम्बन गर्न नसक्ने शासक सत्तामा सदा रहन पनि सक्दैन । त्यसैले शासन र नीतिको आफ्नो सम्बन्ध जीवन्त बनेर रहेको हुुन्छ ।

शासन व्यवस्थामा कूूटनीति अति महत्वपूर्ण बनेर आएको हुुन्छ । शासकले अपनाएको कूूटनीति असफल भएमा शासक नै असफल हुने अवस्था सिर्जना हुनसक्ने सन्दर्भलाई नीतिका ज्ञाताहरूले उल्लेख गरेका छन् । नीतिको जीवन्तता र त्यसले व्यक्त गर्ने आधारलाई सदा नीतिको मर्यादामा जीवन्त बनाएर राख्ने गरिन्छ । महाभारतमा एउटा यस्ता नीति जान्ने कूटनीतिज्ञ छन् जसले शासकलाई शासनमा निरन्तर टिक्नका लागि अभिप्रेरित गरिरहे । ती महाभारतका कूूटनीतिज्ञ हुुन् कणिक । उनले अवलम्बन गरेको र उनले बताएको नीतिलाई कणिक नीति भनिएको छ ।

दण्डको व्यवस्था :
शासकले दण्डलाई प्राथमिकतामा राखेर गतिशील हुनुु आवश्यक छ । यदि शासकको डर अरूलाई भएन भने शासकप्रति शत्रुुहरूको भय रहँदैन ।
एवं दण्डं प्रशंसन्ति पण्डितातत्त्वसदर्शिनः ।
तस्माच्चतुुष्टये तस्मिन् प्रधानो दण्ड उच्यते ।।

विद्वान् मानिस वा तत्वदर्शी सदा दण्डको प्रशंसा गर्दछन् । साम, दाम, दण्ड, भेदमा दण्डलाई नै प्रमुुख मानिएको छ । यसलाई कानुुनी राज्यमा कानुुन भनिएको हो । कानुुनको डर सबैमा रहने हो भने शासन व्यवस्था सञ्चालनमा कुनै प्रकारको अव्यवस्था आउँदैन । यो अव्यवस्था दण्ड दिन नसक्ने शासक र कानुुनलाई महत्व नदिने राज्य भएमा मात्रदेखिने गर्दछ । शत्रुुलाई मूल आधारबाट समाप्त पार्नुु नै शासकको मूल लक्ष्य हुुन्ुु अनिवार्य मानिएको छ । शासनमा शत्रुुको जरोलाई समाप्न नपारेसम्म व्यवस्थामा हरेक प्रकारका अवरोध आउन सक्ने आधार उपस्थित हुने गर्दछन् । त्यसैले कणिक भन्छन् :
छिन्नेमूले त्वधिष्ठाने सर्वेषां जीवनं हतम् ।
कथं हि शाखातिष्ठेयुुश्छिन्नमूूले वनस्पतौ ।।

शत्रुुको मूल आधारलाई नष्ट गर्ने हो भने उसको निर्भरतामा बाँचेका सबै व्यक्ति नष्ट हुने गर्दछन् । वृक्षलाई जरादेखि नै काट्ने हो भने हाँगाहरूको कुनै औचित्य रहँदैन । यो कणिकको शत्रुुप्रतिको दृष्टि हो । यही दृष्टिका आधारमा शासन व्यवस्थाले जीवन्तरूप पाएको हुुन्छ । शासकले शत्रुलाई कहिले नउठ्ने गरी समाप्त पार्नु अनिवार्य मानिएको छ उनका मतमा । शत्रुलाई जरोदेखि नै समाप्त पार्न नसकेमा शासन व्यवस्था कमजोर हुने कुराको सङ्केत कणिकले गरेका छन् । कणिकको नीति शत्रुुप्रति विजय र शत्रुलाई समाप्त पार्ने आधार हो । शासन सत्तामा सदा रहने अवस्था पनि यही हो ।

आज रसियाले यु्ुक्रेनलाई समाप्त पार्ने आधारमा आक्रमण ग¥यो । सानो देश, हातहतियारको अभाव र युुक्रेनी जनताको विरोधका कारण युुद्धलाई थोरै दिनमा समाप्त पार्न सकिन्छ भन्ने भावना रसियाका राष्ट्रपतिको थियो । उनी दिनानुुदिन युुक्रेनमाथि आततायी बनेर बर्सिरहेका छन् तर युुद्धले समापनको ढोका खोल्न सकेको छैन । उनी आज अचम्भित छन् । उनले डर, धम्कीका भरमा अर्को राज्यमाथि कब्जा गर्ने रणनीति अपनाए तर अझसम्म सफलता प्राप्त नर्ग सकेका छैनन् । विकसित र रसिया विरोधी मुुलुुकहरू युुक्रेनलाई हातहतियारको सहयोग गरिरहेका छन् ।

रसियाका राष्ट्रपतिको चाहना शत्रुुको जरो समाप्त पार्नु थियो । यो कुरामा उनी चुकिसकेका छन् । लामो युुद्ध र शक्तिशाली राष्ट्रका शासकको शनकलाई आजको मितिसम्म युुक्रेनी जनताले भोगिरहेका छन् । यहाँ रसियाका राष्ट्रपतिले कणिकको नीतिलाई अपनाए । अहिलेसम्म उक्त नीतिमा उनी सफल हुन सकेका छैनन् । भविष्य कसैका हातमा हुुँदैन ।

शत्रुुप्रतिको दृष्टि :
शत्रुु शासनमा होस् वा व्यक्तिगत जीवनमा डरलाग्दो हुुन्छ । शासनको शत्रुुले सत्ताच्यूत गराउने क्षमता राखेको हुुन्छ भने व्यक्तिशत्रुुले हमेशा उन्नतिमा बाधा उपस्थित गरेको हुुन्छ । यी दुुवैबाट सुुरक्षित रहेमा मात्र देश र व्यक्तिको प्रगति हुनसक्ने कुरालाई कणिकले बडो गतिलो तरिकाले बताएका छन् । शत्रुुप्रतिको दृष्टिकोणमा कणिकको आधार भने भिन्न प्रकारको देखिन्छ । शत्रुुसित मित्रवत् व्यवहार अपनाउने तर डर सदा शत्रुुमा जीवित रहोस् भन्ने भावलाई उनी उल्लेख गर्दै भन्छन् :
शत्रुुं हि मित्ररुपेण सान्त्वेनैवाभिसान्त्वयेत् ।
नित्यशश्चोद्विजेत् तस्माद् गृहात् सर्पयुुतादिव ।।

भित्र सर्प पसेको घरका मानिस जसरी भयभीत हुुन्छन् शत्रुुु त्यसरी नै सदा भयले ग्रस्त हुनुुपर्दछ । शत्रुलाई यो अवस्थामा राख्न सक्नुु शासकको सबैभन्दा शक्तिशाली मान्यता कणिकले मानेको देखिन्छ । शत्रुु राज्य र मानिसका जीवनमा आउने काँडो हो । शत्रुुले असफल हुुने अवस्थामा भित्रबाट र सफल हुने अवस्थामा बाहिरबाट राज्य र व्यक्तिलाई समाप्त पार्ने प्रयास गरेको हुुन्छ । यो उसका लागि सफलताको सबैभन्दा उच्च प्राप्ति मानिएको हुुन्छ तर राज्य सञ्चालकले शत्रुुसित गर्ने व्यवहारकास म्बन्धमा महाभारत भन्छ :
अञ्जलिं शपथं शान्त्वं प्रणम्य सिरसा वदेत् ।
अश्रुुप्रमार्जनं चैव कर्तव्यं भूतिमिच्छता ।।
वहेदमित्रं स्कन्धेन यावत्कालस्य पर्ययः ।
प्राप्त कालं तुु विज्ञाय भिन्द्याद् घटमिवाश्मनि ।।

असल शासकले अवसर नमिल्दासम्म शत्रु्का अघि हात जोडेर, कसम खाएर र खुुट्टा समाएर समेत वार्ता गरोस् । यतिमात्र होइन समय अनुुसार आँसुुसम्म पुुछोस्, उसलाई आश्वासन दिनपछि नपरोस् । जबसम्म समय आफ्नो अनुुकूल हुुँदैन तबसम्म शत्रुको चाकरीमा सदा तल्लीन रहोस् । समय आफ्नो अनुुकूल हुुनासाथ शत्रुुलाई यसरी समाप्त पारोस् जसरी माटाको घैलालाई ढुङ्गामा पछारेर समाप्त पारिन्छ ।

शत्रुुप्रति कणिक अति क्रूूर तरिकाले आएका छन् । जीवनमा शत्रुुले कहिले पनि भलो चाँहदैनन् । शत्रुुलाई भलो गर्नु पनि उचित हुुँदैन । शत्रुलाई जराबाट समाप्त पार्नुु नै राज्यका शासक र व्यक्तिको वैयक्तिक मान्यता कणिकले स्वीकार गरेका छन् । राज्यका शत्रुुले राज्यलाई कमजोर बनाउँछन् भने व्यक्तिका शत्रुुले उसको प्रतिष्ठामाथि आक्रमण गर्दछन् भन्ने धारणालाई कणिकले गतिलो तरिकाले बाहिर ल्याएका छन् ।

क्रूर शासकका गुुण :
शासन आफैंमा भोग हो । योग होइन । सत्तासीन व्यक्ति भोगमा तल्लीन हुन्छ । सबै भोगका शिकार हुुन्छन् भन्ने होइन । योगको आचरणमा रहेर पनि सत्ताको बागडोर चलाउन सकिन्छ । आजकलका शासक सदा भोगमा समर्पित रहेका हुुन्छन् । त्यसैले शासन गर्ने व्यक्तिमा आफ्नो र परायप्रतिको दृष्टि समान् रहनुु अनिवार्य मानिएको हुुन्छ । यदि शासन व्यवस्थामा कसैले व्यवधान उपस्थित गराएमा आफन्तलाई समेत मार्नसक्ने अवस्था क्रूूर शासकमा हुुनुुपर्ने धारणालाई कणिकले मानेका छन् ।
पुुत्रो वा यदि वा भ्राता पिता वा यदि वा सुुहृत् ।
अर्थस्य विघ्नं कुुर्वाणा हन्तव्या भूतिमिच्छता ।।

छोरो, भाइ, पिता वा मित्र यदि शासन व्यवस्थालाई सञ्चालन गर्दा बिघ्न उपस्थित गर्दछन् भने तिनलाई पनि मृत्युुदण्ड दिनुु अनिवार्य कणिकले मानेका छन् । यो क्रूर शासकमा देखिने आधार हो । शासनमा देखिने र प्राप्त गर्ने भोगमा कसैले बाहिरी वा परिवारका सदस्यले समेत व्यवधान उपस्थित गर्दछन् भने तिनलाई मृत्युुदण्ड दिएरसमेत शासन व्यवस्थालाई चलाउन उनले आग्रह गरेका छन् । यस्तो किसिमको शासन व्यवस्था क्रूर शासकका लागि अनिवार्य मानेका छन् कणिकले । सत्तासीन व्यक्ति आफैंमा क्रूूर हुुने गरेको हुुन्छ ।

यो शासनको मर्यादा पनि हो तर शासन चलाउँदा देखिने अवरोधलाई हटाउन कणिकको नीतिले दण्डलाई नै प्रमुुख मानेको छ । दण्डविहीन अवस्थामा राज्यका सबै संयन्त्र कमजोर हुने भएकाले कणिकको यो नीति आएको हुुनसक्ने आधार देखिएको हो । आजको सत्ता सञ्चालन क्रूूरताबाट हुुन सक्दैन भन्नुु भ्रम मात्र हो । आजको संसारमा पनि कतिपय मुुलुुकको शासन व्यवस्था क्रूूर नै देखिएको छ । शत्रुुमात्र होइन आफ्नालाई मारेर पनि शासन आफ्ना हातमा लिएका कैयौं उदाहरण आज पनि छन् । शासक कस्तो हुनुुपर्दछ भन्ने सन्दर्भमा महाभारत भन्छ :
गृध्रदृष्टिर्बकालीनः श्वचेष्टः सिंहविक्रमः ।
अनुुद्विग्नः काकशङ्की भुुजङ्गचरितं चरेत् ।।

शासकले गिद्धसमान टाढासम्म हेरोस्, बकुल्लोसमान लक्ष्यमा दृष्टि राखोस्, कुुकुरसमान चनाखो रहोस्, सिंहसमान पराक्रम प्रकट गरोस्, मनमा उद्विघ्न आउन नदेओस्, कागसमान चतुरो बनेर चारैतिर नजर घुुमाओस्, प्वालमा प्रवेश गर्ने सर्प समान शत्रुुको कमजोरीमा आक्रमण गरोस् ।

यहाँ शासकमा हुने गुुणलाई कणिकले गतिलो तरिकाले प्रस्तुत गरे । यदि यी गुणले सम्पन्न शासक हुुन्छ भने देश र देशको व्यवस्थामा कुनै किसिमको अवरोध आउन सक्दैन भन्ने भावलाई कणिकको कूटनीतिले बताएको छ । कणिक शासन चलाउने शासक र शासकले अपनाउने शासकीय पद्यतिलाई विभिन्न सन्दर्भमा बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?