माओवादी पूर्वस्थायी समितिको बैठक खुमलटारमा

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पूर्वस्थायी समिति सदस्यहरूको बैठक आज बस्दै छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बैठक बिहान साढे ८ बजे बस्ने भएको पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।

बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, पार्टी पदाधिकारीलाई पूर्णतालगायत एजेन्डाबारे छलफल हुने भएको छ ।

पूर्वस्थायी समिति सदस्यहरूको बैठक यसअघि शनिबार दिउँसो ३ बजेका लागि बोलाएको थियो । तर, तयारी पर्याप्त नभएको भन्दै स्थगित गरिएको पूर्वस्थायी समिति सदस्य गणेश साहले बताउनुभयो ।

स्थानीय निर्वाचन सकिएपछि माओवादी केन्द्रले बोलाएको यो पहिलो बैठक हो ।

निर्वाचनमा तालमेल महानगर र उपमहानगरमा सन्तोषजनक भए पनि धेरै नगर र गाउँपालिका तहमा भने गठबन्धन दलहरूबीच नै प्रतिस्पर्धा भएको अध्यक्ष प्रचण्डले बताउँदै आउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?