जिसस चुनाव : दुई दिन नबित्दै फेरियो माओवादीको निर्णय, कैलालीमा गठबन्धन दलमा नयाँ सहमति

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 5 mins

- गोविन्द बीसी

टीकापुर । कैलालीमा जिल्ला समन्वय समिति गठनका लागि यसअघिको सहमति तोड्दै माओवादी केन्द्र नयाँ समीकरणमा फर्किएको छ । जिल्ला समन्वय समिति गठनका लागि हुन लागेको निर्वाचनमा यसअघि नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीबीच भएको सहमति उल्टाउदै नयाँ सहमतिमा फर्किएको हो ।

१९ गते भएको तीन दलीय बैठकबाट जिल्ला समन्वय समिति बनाउने आपसी सहमति भएको थियो । तर, शनिबार नेपाली कांग्रेसका जिल्ला सभापति नारायणदत्त भट्टको अध्यक्षतामा बसेको बैठकले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीवीच नयाँ सहमति भएको छ ।

नेकपा एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष विमलकुमार जोशीकाअनुसार कांग्रेसले समन्वय समिति प्रमुख, एक सदस्य, नेकपा माओवादी केन्द्रले उपप्रमुख, तीन सदस्य र नेकपा एकीकृत समाजवादीले तीन सदस्य लिने सहमति भएको छ । प्रमुख र उपप्रमुख गरेर नौ जनाको उम्मेदवारी आज दर्ता हुने भएको छ ।

यसअघि नेकपा माओवादी केन्द्रले नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीबीच चार सदस्य पाउने गरेर सहमति गरेको थियो । तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्देशनमा पुरानो सहमति तोडेको बताइएको छ ।

कैलालीमा जिल्ला समन्वय समितिको निर्वाचन यही जेठ ३० गते हुन लागेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तालिका अनुसार जेठ २० गते मतदाता नामावली प्रकाशन, २२ गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

यस्तै, २५ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ भने ३० गते जिसस कैलालीमा बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १३ पालिका भएको जिल्लामा प्रमुखरउपप्रमुख गरेर २६ जना मतदाता छन् । एक जना स्वतन्त्ररुपमा विजयी भएका जनप्रतिनिधि हुन् भने एक जना सत्ता गठबन्धनकाविरुद्ध चुनाव लडेका नेपाली कांग्रेसका पालिका अध्यक्ष हुन् । जिसस गठनका लागि जिससमा जित्नका लागि १४ मत आवश्यक पर्छ ।

सत्तारुढ गठवन्धनसंग १३ मत रहेका छन् भने नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टीसंग १२ मत रहेका छन् । यस्तै, एक जना स्वतन्त्र मेयर गोपाल हमालले विपक्षलाई मतदान गरे सत्ता पक्ष र विपक्षी गठवन्धन बराबर १३/१३ हुनेछ । यस्तै गरेर हमाल भोट हाल्न नगए वा भोट हाल्न गएर सत्ता पक्षलाई मतदान गरे भने सत्तापक्ष सजिलै निर्वाचित हुनेछ ।

कैलालीमा नागरिक उन्मुक्ति पार्टीले चार प्रमुख, तीन उपप्रमुख जितेको छ । नेकपा एमालेले दुई प्रमुख र तीन उपप्रमुख जितेको छ । यस्तै गरेर नेपाली कांग्रेसले तीन प्रमुख र पाँच उपप्रमुख जितेको छ । नेकपा माओवादी केन्द्रले दुई प्रमुख र दुई उपप्रमुख जितेको छ । यस्तै, नेकपा एकीकृत समाजवादी एक प्रमुख जितेको छ ।

कैलालीमा यसअघि २०७४ को स्थानीय तह निर्वाचन पछि नेकपा एमालेले प्रमुख, उपप्रमुख र बहुमत सदस्यसहित जिसस बनाएको थियो । २०४९ को स्थानीय चुनावबाट काँग्रेसले तत्कालिन जिल्ला विकास समिति एक्लैले बनाएको थियो भने २०५४ मा राप्रपासंग मिलेर जिल्ला विकास समिति बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?