रुपन्देही बस दुर्घटना : नौ जनाको मृत्यु, केहीको अवस्था गम्भीर

हिमालय टाइम्स
Read Time = 2 mins

बुटवल । रुपन्देहीको भैरहवा-परासी सडकखण्डमा पर्ने रोहिणी खोलामा यात्रु बोकेको बस खस्दा नौ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

आइतबार बिहान करिब साढे ४ बजे खोलामा बस खस्दा घाइते भएका ३२ जना यात्रुमध्ये नौ जनाको मृत्यु भएको हो । पाँचजनाको भैरहवास्थित मेडिकल कलेज र चार जनाको भिम अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ तोड्दै खोलामा खसेको थियो ।

मृत्यु हुनेहरूमा तिलोत्तमा नगरपालिका-२ योगीबुटी घर भएका ५६ वर्षीय विष्णु पौडेल, रौतहट चपुर बस्ने वर्ष २० का दिनेश दास, बुटवल उपमहानगर वडा नम्बर-११ घर भएका कृष्णप्रसाद बस्याल र रुपन्देहीको ओमसदिया बस्ने ६५ वर्षीय राजेन्द्र पाण्डे हुनुहुन्छ । अन्य पाँच मृतकको सनाखत भइसकेको छैन ।

घाइतेमध्ये अझै केहीको अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

घोप्टो अवस्थामा बस भेटिएपछि नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले उद्वार गर्दैै यात्रुहरुलाई अस्पताल पठाएको छ । बसलाई सुल्टो पारेर राखिएको छ ।

चालक सुमन क्षेत्रीका अनुसार पुलमा अगाडिबाट सानो गाडी आएर लाइटसँग झुक्किएपछि गाडी अन्यिन्त्रित भएको हो । पुलमा खाल्डो पनि भएकोले जोगाउन खोज्दा बस आफ्नो साइडबाट गलत साइडमा गएको होु, चालक क्षेत्रीले भने ।

प्रहरीले भने उक्त दुर्घटनामा चालक निदाएको अनुमान गरेको छ । चालक र सहचालकको अवस्था खतरामुक्त छ । दुर्घटनामा परेको बस पश्चिम नेपाल वस व्यवसायीको नियमित रुटको बस हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?