मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

-प्रकाश न्यौपाने
नवलपरासी । पश्चिम नवलपरासीमा शनिबार राति भएको सवारी दुर्घटनामा परि फुलकुमारी थारुको निधन भएको छ ।

बर्दघाट नगरपालिका- १४ गंगा बस्तीस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको लु ३३ प ५३७४ नं. को मोटरसाइकलले ठक्कर दिँदा ५५ बर्षीया थारुको मृत्यु भएको हो ।

टाउकोमा गम्भीर चोट लागेको उहाँको सामुदायिक अस्पताल चौपत्तामा सामान्य उपचार गरी थप उपचारका लागि जेनस अस्पताल बुटवलको रिफर गरिएकोमा बाटोमा मृत्युभएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?