भारतीय गायक केकेको पोस्टमार्टम र अटोप्सी रिर्पोट आयो

Read Time = 2 mins

मुम्बई । केकेका रुपमा परिचित भारतीय गायक कृष्णकुमार कुन्नथको पोस्टमार्टम र अटोप्सी रिर्पोट कोलकाता प्रहरीलाई हस्तान्तरण गरिएको छ । दुवै रिपोर्टमा गायकको मृत्युको कारण ‘मायोकार्डियल इन्फ्रयाक्सन’ मानिएको छ ।

रिपोर्टअनुसार कोलेस्ट्रोलको सञ्चयले इन्ट्रामस्क्युलर धमनीलाई निकै संकुचित बनाएपछि मुटुबाट रगतका पम्पिङ प्रभावित भएको थियो । यही कारण कोरोनरी धमनीमा पनि रोकावट आएका थियो ।

कोलकाता प्रहरीले पनि गायकको अप्राकृतिक मृत्युको सम्बन्धमा प्रारम्भिक उजुरी दर्ता गरेर अनुसन्धान सुरु गरेको छ । ‘तर, प्रारम्भिक र अन्तिम पोस्टमार्टम रिपोर्टसँगै रासायनिक विश्लेषणपछि अब अप्राकृतिक मृत्युको सिद्धान्तलाई अस्वीकार गरिएको छ,’ नाम नबताउने सर्तमा एक प्रहरी अधिकृतले भनेका छन् ।

गत मंगलबार साँझ गायक केकेले दक्षिण कोलकाताको नजरुल मञ्चमा प्रस्तुति दिइरहँदा अस्वस्थ भएका थिए । त्यसपछि उनलाई अस्पताल लैजादा मृत्यु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?