विश्व वातावरण दिवसको अवसरमा गुल्मीमा वृक्षारोपण

हिमालय टाइम्स
Read Time = 3 mins

- रमेश विश्वकर्मा 

गुल्मी । विश्व वातावरण दिवसको अवसरमा गुल्मीमा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय गुल्मीको आयोजनामा आइतबार रेसुंगा नगरपालिका वडा नम्बर -९ मा पर्ने रेसुंगा बाल उद्यान धारामूल सामुदायिक वनमा विभिन्न प्रजातिका विरुवा रोपण गरि यो दिवस मनाइएको हो । धुपी, कल्की, रिठा र चाप प्रजातिका ७० विरुवा रोपण गरिएको छ ।

गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले वातावरण सबैले सफा र स्वच्छ राख्दै संरक्षण गर्नुपर्ने बताउनुभएको छ । पछिल्लो समय वातावरण प्रदुषण बढिरहेकोले वातावरण सफा र स्वच्छ राख्न सबै लाग्नुपर्ने भन्दै लगाइएको विरुवाको उचित संरक्षण गर्नुपर्ने पर्नेमा गैरेले जोड दिनुभएको छ ।

रेसुङ्गा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष कृष्णप्रसाद पाण्डेले वडाले बिरुवाहरुको संरक्षण गर्ने बताउनुभयो । मुख्य विरुवाको संरक्षण गर्नु नै वातावरण संरक्षण गर्नु रहेको उल्लेख गर्दै वडाध्यक्ष पाण्डेले आफ्नो वडामा विरुवा रोपण गरि विश्व वातावरण दिवस मनाएकोमा डिभिजन वन कार्यालयलाई धन्यवाद दिनुभयो ।

डिभिजन वन कार्यालय गुल्मीका डिभिजन वन अधिकृत प्रभात सापकोटाले वातावरणका लागि विरुवा रोपण नै महत्वपूर्ण भएकोले आफुहरुले विरुवा रोपेर दिवस मनाएको बतामउनुभयो ।

सन् १९७२ मा संयुक्त राष्ट्र संघले वातावरण जोगाउन बिशेष खालको कार्यक्रम ल्याउनुपर्ने भन्दै सन् १९७३ देखि अन्तर्राष्ट्रिय रूपमा विश्व वातावरण दिवस मनाउन सुरु भएको थियो । यस पटकको विश्व वातावरण दिवस ‘पृथ्वीको संरक्षण : दिगो प्रकृति मैत्री जीवनयापन’ भन्ने मूल नाराका साथ मनाइएको छ ।

विरुवा रोपण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरे, डिभिजन वन अधिकृत प्रभात सापकोटा सहित कार्याका कर्मचारी, वडाध्यक्ष कृष्ण पाण्डे, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि र पत्रकारहरुको उपस्थिती थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?