सुदूरपश्चिम प्रदेशको तीव्र विकासका लागि कार्ययोजना बनाउन सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री देउवा

Read Time = 3 mins

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।

सुदूरपश्चिमाञ्चल सरोकार मञ्च, नेपालले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री देउवाले सो भनाइ राख्नु भएको हो । उहाँले मानव संशाधनको विकास र लगानीको सुरक्षा गर्न सके सुदूरपश्चिम प्रदेशलाई मुलुकको सबैभन्दा धनी प्रदेश बनाउन सकिने धारणा समेत राख्नु भयो ।

प्रधानमन्त्री देउवाले भारतसँग महाकाली पारी दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनाउने सहमति भएको उल्लेख गर्दै त्यसले पनि सुदूरपश्चिम प्रदेशको विकासमा सघाउ पुयाउने विश्वास व्यक्त गर्नु भयो । सो बन्दरगाहले सिधैं भारतको बम्बईसँग सुदूरपश्चिमलाई जोडने र त्यसले सुदूरपश्चिम प्रदेशको विकासमा महत्वपूर्ण योगदान पुर्याउने उहाँको भनाई थियो ।

प्रधानमन्त्री देउवाले भन्नु भयो, ‘अव यो सुदूरपश्चिममा ड्राई पोर्ट बनाउने भारत सरकारसँग सहमती भएको छ । महाकाली पारी दोधारा चाँदनीमा ड्राईपोर्ट भएको खण्डमा सिधैं सुदूरपश्चिम प्रदेश भारतको बम्बईसँग कनेक्ट हुनेछ । सिधैं बम्बईबाट मालसामान ल्याउन सकिनेछ । यसले त्यहाँको विकासमा सघाउ पुग्ने मैले विश्वास लिएको छु । भौगोलिक विकटता र लगानीको सुरक्षा नभएका कारण यस प्रदेशको विकास नभएको हो । अव लगानीको सुरक्षा हुन नसकेको खण्डमा यो प्रदेशलाई सबैभन्दा धनी प्रदेश बनाउन सकिन्छ । पछि परेको यो प्रदेशको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिवद्ध छ ।’

प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेशको विकासका लागि महाकाली नदी, पश्चिम सेती जलविद्युत परियोजनाको विकासमा विशेष ध्यान दिनुपर्ने जरुरी रहेको बताउनु भयो । उहाँले यस प्रदेशको विकासका लागि मानव संशोधनको विकासमा जोड दिनका लागि हातेमालो गरेर अघि बढन पनि सम्बन्धित सबै पक्षसँग आग्रह गर्नु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?