एकीकृत समाजवादीमा मन्त्रीहरूको हेरफेरका विषयमा छलफल

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा संघीय सरकारमा सहभागी मन्त्रीहरूको हेरफेरको विषयमा छलफल भएको छ ।

आइतबार बसेको सचिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको हेरफेर गर्ने वा नगर्नेबारे शीर्ष नेताहरूसँग छलफल गरेर अध्‍यक्ष माधव नेपालले निर्णय गर्ने एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मन्त्रीहरूलाई ६ महिना भनेर पठाएका थियौं, ६ महिनाभन्दा बढी भइसक्यो उहाँहरूसँग शीर्ष नेताहरूबीचमा बसेर छलफल गरी समझदारी बनाउँछौं । कति हेरफेर गर्ने उहाँहरूले नै गर्नुहुन्छ ।’

उपमहासचिव तुलाधरले पार्टीले मन्त्री हेरफेरको निर्णय गरे मन्त्रीहरुले मान्‍नु पर्ने बताउँदै भन्नुभयो, ‘ पार्टीले आवश्‍यकता ठानुन्जेल उहाँहरू मन्त्रीको रुपमा रहनुहुन्छ। पार्टीले अर्को आवश्‍यकता ठान्‍यो र फिर्ता बोलायो भने उहाँहरु यसलाई स्वभाविक रुपमा लिनुपर्छ। र नयाँ जानेवालाहरु पनि यसलाई स्वाभाविक रुपमा लिनुहुन्छ। ‘

वर्तमान मन्त्रिपरिषदमा नेकपा एसको तर्फबाट स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री किसान श्रेष्ठ रहनुभएको छ । त्यसैगरी भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?