प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

आइतबार अपरान्ह भएको भेटमा प्रतिनिधि सभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति चयन, सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको हो ।

यसैगरि प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच नागरिकतालगायत विचाराधिन विधेयकहरू र उपसभामुख चयनका विषयमा पनि छलफल भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?