एमाले भित्र बसेर अर्कैलाई भोट हाल्ने अन्तर्घातीलाई कारबाही गर्छौँ: प्रदेश १ इन्चार्ज घिमिरे

Read Time = 3 mins

उदयपुर । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज देवराज घिमिरेले एमाले नेता हुँ भन्ने अरूलाई भोट हाल्ने छुट नभएको बताउनु भएको छ ।

नेपाल निजामती कर्मचारी संगठन प्रदेश १ को प्रथम अधिवेशनलाई उद्घाटन गर्दै उदयपुरको सदरमुकाम गाईघाटस्थित होटेल टाउन हलमा घिमिरेले पार्टीका नेता र कार्यकर्ताले अरूलाई भोट लगाउनु गम्भीर विषय भएको बताउनु भयो ।

स्थानीय तहको निर्वाचनमा पार्टीभित्रका नेताको अन्तर्घातकै कारण धेरै ठाउँमा पराजित हुनु परेको निष्कर्ष निकाल्दै उहाँले, ‘आफू अनुकूल निर्णय नहुँदैमा विपक्षी पार्टीलाई भोट हाल्नु गम्भीर हो । समीक्षा हुन्छ र त्यस्ता अन्तर्घात गर्नेलाई कारबाही गर्छौ ।' दया र मायाले पार्टी संगठन नचल्ने भन्दै उहाँले स्वार्थको राजनीतिको समूल अन्त्य गर्न यस पटकको निर्वाचनको परिणामले निर्मम समीक्षाको बाटो रोजेको उल्लेख गर्नुभयो ।

‘आफूले भनेको सबै ठिक अरूले भनेको सबै बेठिक, घिमिरेले भन्नुभयो, ‘पार्टी भित्रको अहमता र घमन्डको सीमा नाघेकाले तल्लो स्तरबाटै समीक्षा गरी त्यस्तालाई कारबाही गर्छौ ।'

घिमिरेले नेकपा एमालेलाई सिद्ध्याउनु भनेको राजनीतिक अस्थिरता मच्चाउनु र कम्युनिस्ट आन्दोलनलाई सखाप पार्नु भएको बताउनु भयो । उहाँले केही शक्ति एमालेलाई सिद्ध्याउने सोचमा रहेको आरोप लगाउनु भयो ।

नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले आस्था र विचारका आधारमा कुनै पनि कर्मचारीलाई पूर्वाग्रही ढंगले सरुवा, बढुवा गरे त्यसको संगठनले सशक्त प्रतिरोध गर्ने चेतावनी दिनुभयो।

उहाँले समग्र कर्मचारीको गुनासो, समस्यामा केन्द्रित हुन संगठनले केन्द्रीय कार्यालयबाट एकद्वार प्रणालीको व्यवस्था गर्न लागेको हुँदा नअत्तालिन आग्रह समेत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?