नागरिकता विधेयकमा सहमति जुटाउन सरकारले थाल्यो राजनीतिक दलहरूसँग परामर्श

Read Time = 2 mins

काठमाडौं । लोसपा अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री शेरबहादुर देउवाबीचको भेटवार्ता पछि सरकार नागरिकता विधेयकमा सहमति जुटाउन सक्रिय भएको छ ।

उहाँहरुबीच शनिबार बालुवाटारमा भेटवार्ता भएको थियो । दुई नेताबीच संघीय संसदमा विचाराधि नागरिकता ऐन, संघ र प्रदेशको आगामी निर्वाचनमा कसरी जाने भन्ने बारेमा छलफल भएको थियो ।

गृहमन्त्री बालकृष्ण खाँणको पहलमा सङ्घीय संसदमा विचाराधिन नेपाल नागरिकता ऐन २०६३ संशोधनका विषयमा सरोकार पक्षबीच छलफल भएको छ ।

गृह मन्त्रालयमा भएको छलफलमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी, कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला), सांसद पुष्पा भुसाल, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डेलगायतको सहभागिता थियो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले दलहरूबीच सहमति जुटाएर प्रतिनिधिसभाको जारी अधिवेशनमा नागरिकता विधेयक प्रस्तुत गर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो । उक्त विधेयकमा नागरिकतालगायत विषयमा सहमति जुट्न सकिरहेको छैन । सरकारले प्रतिनिधिसभाको यही अधिवेशनमा नागरिकता विधेयक पेस गर्ने तयारी गरेको छ ।

यसअघि कानुनमन्त्री शर्मा र गृहमन्त्री खाँणले नागरिकता विधेयकमा सहमति जुटाउन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरिसक्नुभएको छ । गृहमन्त्री खाँणले सबै दलका प्रमुख सचेतकहरूसँग समेत पटकपटक छलफल गरिसक्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?