स्थानीय चुनावमा राज्यसत्ताको चरम दुरुपयोग भयो, विचार र मुद्दा मिल्नेसँग आगामी चुनावमा तालमेल हुनसक्छ: लोसपा

Read Time = 2 mins
A A- A+

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले स्थानीय तह चुनावमा राज्यशक्तिको व्यापक दुरुपयोग भएको निष्कर्ष निकालेको छ । त्यसका कारण आफ्नो दलले वैशाख ३० को चुनावमा कमजोर प्रदर्शन गरेको लोसपाको निष्कर्ष छ ।

आज बसेको लोसपाको कार्यकारिणी समितिको बैठले सत्ता गठबन्धनले स्थानय तह निर्वाचनमा व्यापक रुपमा राज्य शक्तिको दुरुपयोग गरेको निष्कर्ष निकालेको समिति सदस्य केशव झाले जानकारी दिनुभयो । मधेश प्रदेशसहित देशका विभिन्ने बुथमा सत्ता गठबन्धनले राज्यशक्तिको दुरुपयोग गर्दै मत आफ्नो पारेको बैठकले निष्कर्ष निकालेको हो ।

नयाँ दलको रुपमा पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका कारण प्रचार प्रसारका लागि कम समय भएको कारण अपेक्षाकृत सफलता हात नपारेको उसको निष्कर्ष छ ।
आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले विचार र मुद्दा मिल्ने राजनीतिक दलहरुसँग तालमेल गर्ने निर्णय गरेको छ ।

आज बसेको लोसपाको कार्यकारिणी समितिको बैठले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय समेत गरको छ। 'विचार र मुद्दा मिल्नेहरुसँग तालमेल गरेर अघि बढ्न पार्टी खुला भएको छ' झाले भन्नुभयो ।

बैठकमा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटवार्ता बारे जानकारी गराउनु भएको थियो । आफूहरुको माग र मुद्दा सम्बोधन गर्नका लागि सरकारसँग सरकार तयार रहेको उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?