तिनाउको चुनुमाया पार्कलाई हरियाली बनाउन वृक्षारोपण

Read Time = 4 mins

-रामचन्द्र रायमाझी
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका –३ दोभानस्थित चुनुमाया पार्कलाई हरियाली बनाउन वृक्षारोपण गरिएको छ । लुम्बिनी प्रदेश वन वातावरण तथा भू–संरक्षण मन्त्रालय बुटवलको आयोजना, डिभिजन वन कार्यालय पाल्पा, सव डिभिजन वन कार्यालय तिनाउ र भुतखोला सामुदायिक वन उपभोक्ता समितिको सहयोगमा यहाँ वृक्षारोपण गरिएको हो ।

विश्व वातावरण दिवसको अवसरमा आइतबार दोभान तिनाउ खोलाको किनारा रहेको चुनुमाया पार्क सुख्खा क्षेत्रलाई केही बर्ष भित्रै हरियाली शितल बनाउने र तिनाउ नदी बस्ती भित्र नपसोस् भन्ने अभियानका साथ वृक्षारोपण गरिएको छ ।

‘पुथ्वीको संरक्षण : दिगो प्रकृतीमैत्री जीवनयापन’ भन्ने नाराका साथ कार्यक्रममा सहभागी अतिथिहरुलाई पिपलपाते व्याज र तेजपातको माला लगाई स्वागत गरिएको थियो । सधै फुलको माला लगाउने अतिथीहरुले तेजपातको माला लगाउँदा फरक अनुभुति गरेका थिए । चुनुमाया पार्कमा शित्तल प्रदान गर्ने प्रकृतिका स्वामी, वर पिपल, लगायतका ठूला प्रकृतिका रुख विरुवा रोपिएको थियो । लगाएका विरुवाहरु भूतखोला सामुदायिक वन र सव डिभिवन वन कार्यालय पाल्पाले रेख देख तथा हुर्काउने जिम्मा लिएका छन् । कार्यक्रममा सहभागी मन्त्री, सचिव, महाशाखा प्रमुख लगायतका अतिथीहरुले नेमप्लेट राखेर वृक्षारोपण गरेका थिए ।

लुम्बिनी प्रदेशका वन वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमालले तिनाउ वन समन्वय समितिलाई विभिन्न किसिमका विरुवा हस्तान्तरण गर्दै वातावरणको संरक्षण भए मात्र मानव जीवन सुरक्षित हुने भएकाले हामी सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो । हामी सबैले आ–आफ्नो क्षेत्रबाट बोट विरुवा लगाऔ, अनावश्यक रुख कटान नगरौ, रुख विरुवा प्रशस्त भएमा बाढी पहिरो भू–क्षय नियन्त्रण हुने भएकाले विश्व वातावरण दिवसले हामी सबै मानवलाई सचेत बनाएको मन्त्री हमालले बताउनुभयो । मन्त्री हमाल सहितको वन मन्त्रालयको टोलीले भूतखोला झरना, जैविक विविधताको सत्यवती ताल, कोल्डाँडाको तेजपात खेतीको अवलोक गरेका थिए ।

कार्यक्रममा प्रदेश सांसद तुलाराम घर्तीमगरले पाल्पाको तिनाउको बन क्षेत्र, तिनाउ नदी रुपन्देहीको बुटवलदेखी भैरहवासम्मका जनताको प्राण भएको बताउनुभयो । रुपन्देहीका जनताको पिउने पानी देखी अरबौं रुपैयाँको राजश्व संकलन गर्ने आधार नै तिनाउ नदी भएकाले संरक्षणका लागि रुपन्देहीको सक्रियता हुनुपर्ने सांसद घर्तीले बताउनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव दुर्गा बहादुर कार्की, डिभिजन वन कार्यालयका डिभिजन प्रमुख दिपक ज्ञवालीले विश्व वातावरण दिवसको महत्व, तिनाउको बन क्षेत्रले खेलेको भूमिका, समुदायस्तरबाट चाल्नुपर्ने कदमका बारेमा जानकारी गराउनुभएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?