बाँकेलाई चार अर्ब १५ करोड ७३ लाख बजेट

Read Time = 4 mins

- शुभाकर विश्वकर्मा
नेपालगञ्ज । आगामी आर्थिक वर्ष २०७९/८० का लागि संघीय सरकारले ल्याएको बजेटमा बाँकेले चार अर्ब बढी बजेट पाएको छ । नयाँ आवका लागि सरकारले बाँकेलाई कुल चार अर्ब १५ करोड ७३ लाख बजेट पठाएको हो । बाँकेमा एक उपमहानगरपालिका, एक नगरपालिका र ६ गाउँपालिका रहेका छन् । उक्त बजेट सबैभन्दा बढी नेपालगञ्ज उपमहानगरपालिका र सबैभन्दा कम नरैनापुर गाउँपालिकाले प्राप्त गरेको छ । नेपालगञ्जले कुल ९५ करोड ७५ लाख पाउँदा नरैनापुरले कुल ३५ करोड १९ लाख पाएको छ ।

चालुतर्फ तीन अर्ब ६६ करोड ४४ लाख र पुँजीगत प्रकृतितर्फ ४९ करोड २९ लाख गरी बाँकेलाई कुल चार अर्ब १५ करोड ७३ लाख बजेट विनियोजन गरिएको छ । समानीकरण अनुदानतर्फ बाँकेले एक अर्ब ४६ करोड १६ लाख, सशर्त अनुदानतर्फ (चालु र पुँजीगत प्रकृति) दुई अर्ब ४९ करोड ५८ लाख, विशेष अनुदानतर्फ (चालु र पुँजीगत प्रकृति) १० करोड ८० लाख, समपूरक अनुदान (पुँजीगत प्रकृति) नौ करोड १९ लाख गरी बजेट पाएको हो । नेपालगञ्ज उपमहानगरपालिकाले समानीकरण अनुदानतर्फ एक अर्ब ४६ करोड १६ लाख, सशर्त अनुदानतर्फ ५७ करोड एक लाख, विशेष अनुदानतर्फ दुई करोड, समपूरक अनुदान दुई करोड ७५ लाख गरी कुल ९५ करोड ७५ लाख बजेट पाएको हो ।

कोहलपुर नगरपालिकाले समानीकरण अनुदानतर्फ २१ करोड सात लाख, सशर्त अनुदानतर्फ ३४ करोड ८४ लाख, विशेष अनुदानतर्फ एक करोड ५० लाख, समपूरक अनुदानतर्फ ६० लाख गरी कुल ५८ करोड एक लाख पाएको छ । यस्तै, खजुरा गाउँपालिकाले समानीकरण अनुदानतर्फ १६ करोड ७९ लाख, सशर्त अनुदानतर्फ ३३ करोड ९५ लाख, विशेष अनुदानतर्फ ८० लाख, समपूरक अनुदानतर्फ ७० लाख गरी कुल ५२ करोड २४ लाख पाएको छ ।

जानकी गाउँपालिकाले समानीकरण अनुदानतर्फ १३ करोड ३९ लाख, सशर्त अनुदानतर्फ १७ करोड ४८ लाख, विशेष अनुदानतर्फ तीन करोड, समपूरक अनुदानतर्फ एक करोड ६० लाख गरी कुल ३५ करोड ४७ लाख पाएको छ । डुडुवा गाउँपालिकाले समानीकरण अनुदानतर्फ १३ करोड १५ लाख, सशर्त अनुदानतर्फ २१ करोड ९१ लाख, विशेष अनुदानतर्फ एक करोड ५० लाख, समपूरक अनुदानतर्फ ९० लाख गरी कुल ३७ करोड ४६ लाख पाएको छ ।

नरैनापुर गाउँपालिकाले समानीकरण अनुदानतर्फ १२ करोड २१ लाख, सशर्त अनुदानतर्फ ३० करोड ३८ लाख, विशेष अनुदानतर्फ एक करोड ५० लाख, समपूरक अनुदानतर्फ एक करोड १० लाख गरी कुल ३५ करोड १९ लाख पाएको छ । बैजनाथ गाउँपालिकाले समानीकरण अनुदानतर्फ १७ करोड ५० लाख, सशर्त अनुदानतर्फ २९ करोड ३६ लाख, विशेष अनुदानतर्फ ५० लाख, समपूरक अनुदानतर्फ एक करोड ५४ लाख गरी कुल ४८ करोड ९० लाख पाएको छ । विशेष अनुदान र समपूरक अनुदानतर्फ कुनै पनि बजेट नपाएको राप्तीसोनारी गाउँपालिकाले समानीकरण अनुदानतर्फ १८ करोड ६ लाख, सशर्त अनुदानतर्फ ३४ करोड ६५ लाख गरी कुल ५२ करोड ७१ लाख बजेट पाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?