तेक्वान्दोमा रिकेश च्याम्पियन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आयोजक काभ्रे जिल्ला आइटिएफ तेक्वान्दो संघका रिकेश तामाङ सातौँ राष्ट्रिय प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा च्याम्पियन हुनुभएको छ । बनेपामा भएको प्रतियोगिताको फाइनलमा रिकेशले बागमती प्रदेशका अनिल तामाङलाई पराजित गर्दै ट्रफीसहित नगद ७५ हजार रुपैयाँ प्राप्त गर्नुभयो ।

काभ्रे आइटिएफ तेक्वान्दो संघ र काभ्रे तेक्वान्दो एकेडेमीको संयुक्त आयोजनामा सम्पन्न च्याम्पियनसिपमा एपिएफका सागर विक तेस्रो हुनुभयो । दोस्रो हुनुभएका अनिलले ५० हजार र तेस्रो हुन सफल सागरले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभयो ।

यस प्रतियोगितामा आयोजकसहित सात प्रदेश र दुई विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफ र नेपाल आर्मी क्लबका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा सहभागी हुन प्रत्येक टिमबाट तीन खेलाडी छनोट भएर आउनुपर्ने प्रावधान थियो ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो । सो अवसरमा सदस्य–सचिव घिसिङले व्यावसायिक खेल प्रतियोगिताहरूले नेपालको खेलकुद विकासमा ठूलो मद्दत पुग्ने उल्लेख गर्दै यो प्रतियोगिताले यहाँका युवा प्रतिभालाई उत्प्रेरणा मिल्ने बताउनुभयो ।

‘यस किसिमका व्यावसायिक खेलले नेपालको खेल विकासमा मात्र नभई खेलाडीलाई आर्थिक सहायता पनि मिल्नेछ । मैले यो खेललाई नवौँ राष्ट्रिय खेलकुदका लागि आइटिएफको टेस्ट परीक्षाका रूपमा पनि लिएको छु । आशा छ, सबै खेलाडीले राम्रो प्रदर्शन गर्नु हुनेछ,’ सदस्य-सचिव घिसिङले भन्नुभयो, ‘यस प्रतियोगितामा सहभागी खेलाडी तथा प्रशिक्षकले यहाँको सभ्यता र संस्कृति देशभर पुर्‍याउनुहुनेछ । यसले खेलको विकासमात्र नभई यहाँको पर्यटन विकासमा पनि मद्दत पुग्ने विश्वास लिएको छु ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?