काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा दुई सातापछि हुने एसिसी वुमन्स टी-२० च्याम्पियनसिप क्रिकेट प्रतियोगिताका लागि १९ सदस्यीय महिला खेलाडीहरूलाई बन्द प्रशिक्षणमा बोलाएको छ । मलेसियामा जुन १७ देखि सुरु हुने प्रतियोगिताका लागि नेपालले १९ खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो ।
बन्द प्रशिक्षणमा बोलाएको नेपालको टोलीमा रुविना क्षेत्री, इन्दु बर्मा, सीता रानामगर, ज्योति पाण्डे, काजोल श्रेष्ठ, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, डली भट्ट, सबनम राई, सरिता मगर, रोमा थापा, संगीता राई, अश्मिना कर्माचार्य, मनिषा उपाध्य, विन्दु रावल, ममता चौधरी, रेखा रावल र ईश्वरी विष्ट रहनुभएको छ ।
टोलीमा रेखा रावल, ईश्वरी विष्ट र ममता चौधरीले पुनरागमन गर्नुभएको छ । मनिषा उपाध्य पहिलोपल्ट सिनियर टोलीको बन्द प्रशिक्षणमा पर्नुभएको हो । चैतमा गण्डकीले यु–१९ राष्ट्रिय प्रतियोगिता जित्दा उहाँ टोलीको कप्तान हुनुहुन्थ्यो ।
एसिसी वुमन्स टी-२० च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा छ । नेपालसँगै हङकङ, कुवेत, भुटान र बहराइन छन् । समूह ‘ए’ मा युएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन् ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र