सोमालियामा खाद्यान्नको चरम अभाव

Read Time = 2 mins

मोगादिसु । सोमालियामा लामो समयदेखि जारी रहेको खडेरीका कारण खाद्यान्नको अभाव भएको छ । त्यहाँ लामो समयदेखि आन्तरिक राजनीतिक संकटका साथै खडेरीका कारण पनि खाद्यान्नको अभाव हुँदै गएको पाइएको हो ।

खाद्यान्न अभाव अझै बढ्ने स्पष्ट संकेतहरू देखिएका राष्ट्रसंघीय अधिकारीले बताउँदै आएका थिए । जसका कारण त्यहाँका बालबालिकामा कुपोषण, प्रोटिन तथा पोषणयुक्त खानाको अभाव बढ्दै जाने देखिएको छ ।

सोमालियाको यो अवस्थाका बारेमा सोमालियाली सरकार र राष्ट्रसंघीय अधिकारीले जानकारी गराएका छन् । अहिलेकै अवस्था रही आएमा चरम खाद्यान्न अभाव र नागरिक कुपोषणको शिकार हुने अवस्था रहेको पनि उनीहरूले जनाएका छन् ।

सोमालियामा खाद्यान्नलगायत सहयोग गर्दै आएका निकाय, दाता राष्ट्र तथा राष्ट्रसंघद्वारा शनिबार सार्वजनिक गरिएको एक अध्ययन प्रतिवेदनमा सोमालियाको यस्तो अवस्थाका बारेमा जानकारी गराइएको छ । सोमालिया, अफ्रिकाको एक देश हो ।

यसको सिमानाको पश्चिममा इथियोपिया, उत्तर–पश्चिममा जिबुती, उत्तरमा एडेनको खाडी, पूर्वमा हिन्द महासागर र दक्षिण पश्चिममा केन्या पर्दछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?