काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लोकप्रियअभिनेता सरोज खनाल अब चलचित्र निर्देशनमा हात हाल्ने हुनुभएको छ । उहाँँले ‘बगान’ चलचित्रबाट निर्देशनमा डेब्यू गर्ने हुनुभएको छ । यसै चलचित्रको आइतबार काठमाडौंको चावहिलस्थित चलचित्र विकास बोर्डको हलमा निर्माण घोषणा गरियो । साथै चलचित्रको ‘इन्ट्रो टिजर’ र पहिलो गीत ‘तिम्रो सुन्दर आँखा’ सार्वजनिक गरियो ।
चलचित्रमा अभिनेता सरोज आफैंले पनि अभिनय गर्दै हुनुहुन्छ । सरोजसँगै चलचित्रमा नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मा, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नवअभिनेत्री प्रमिला कार्कीलगायतको अभिनय छ ।
सार्वजनिक ‘तिम्रो सुन्दर आँखा’ गीतमा सुरेश वाग्लेको शब्द, सुभाष भुषालको संगीत छ भने सुगम पोखरेल र अस्मिता अधिकारीले स्वर दिनुभएको छ । रोमान्टिक थिमको गीतको भिडियोमा आकाश र प्रमिला फिचर हुनुहुन्छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको अडियो र भिडियो बलियो बनेको छ । यो गीतलाई चलचित्रमा कथावाचनको रूपमा प्रयोग गरिएको निर्देशक खनालको भनाइ छ ।
निर्देशक खनालले आफ्नो जीवनकालमा चलचित्रमा अभिनय गरेर सिकेको ज्ञान र अनुभवलाई निर्देशनमा प्रयोग गर्ने प्रयास गरेको बताउनुभयो । उहाँँले आफूले निर्देशन गरेको चलचित्रले समाज परिवर्तनमा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । खनालले भन्नुभयो, ‘मेरो फिल्मले व्यापारमा रेकर्ड नराख्ला तर नेपालमा यति राम्रो पनि फिल्म बन्छ भनेर गर्व गर्न लायक फिल्म चाहिँ बनाएको छु । फिल्म मनोरञ्जनको माध्यम हो । तर, हामीहरू जस्तो मान्छेले समाजलाई केही सन्देश पनि दिनुपर्छ जस्तो लाग्छ । फिल्ममा मैले त्यही कोसिस गरेको छु । फिल्म हेरेर हलबाट निस्कँदा एकपटक मान्छेहरू सोच्न बाध्य हुनेछन् ।’
आफू कलाकार भएकाले अरू कलाकारले पनि आफ्नो जस्तै शैलीमा अभिनय गर्दियोस् भन्ने सोच हुने गरेको भए पनि त्यसबाट टाढै बसेर आफूले चलचित्र निर्देशन गरेको खनालको भनाइ छ ।
त्यस्तै, नव अभिनेत्री प्रमिला कार्कीले मुर्धन्य कलाकारसँग काम गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । चलचित्रका निर्माता सुरेश वाग्लेले कथावस्तुले मन छोएपछि लगानी गर्न तयार भएको बताउनुभयो । चलचित्रले उठाएको विषयवस्तुले समाजलाई सकारात्मक सन्देश प्रवाह गर्ने उहाँको विश्वास छ ।
चलचित्रमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहालको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समीर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । चलचित्रको निर्माता सुरेश वाग्ले हुनुहुन्छ भने कार्यकारी निर्माता अभिनेत्री करिश्मा मानन्धर हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच