समस्या समाधान गर्न गभर्नरलाई प्रधानमन्त्रीको दबाब

Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सेयर बजारमा समस्या समाधान गर्न गभर्नर महाप्रसाद अधिकारीलाई दबाब दिनुभएको छ । उहाँले गभर्नर अधिकारीलाई फोन गरेर सेयर बजारमा देखिएका समस्या समाधान गर्न निर्देशन दिनुभएको हो । नेपाल पुँजी बजार लगानीकर्ता संघको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले सेयर बजारको समस्या समाधान गर्न गभर्नरलाई निर्देशन दिएको संघले जनाएको छ । संघको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई चारबुँदे ज्ञापनपत्र बुझाउँदै राष्ट्र बैंकको नीतिका कारण सेयर बजारमा समस्या आएको गुनासो गरेको छ ।

संघकी अध्यक्ष राधा पोखरेल नेतृत्वको प्रतिनिधिमण्डलले सेयर बजारको विकास र विस्तारका लागि सात प्रदेश र ७७ जिल्लामा सेवा पु¥याउन बैंकहरूलाई ब्रोकर लाइसेन्स दिनुपर्ने, सेयर धितो कर्जामा लगाइएको ४-१२ को क्यापलाई पूर्णरूपमा खारेज गर्नुपर्ने, भारित औसतदर एक सय ५० खारेज गरी पुरानै भारित औसतदर सय कायम गर्नुपर्ने र बैंकहरूको कर्जा पुँजी निक्षेप (सिसिडी) गणनालाई कर्जा निक्षेप अनुपात कायम गरिएकोमा खारेज गरी पुनः सिडी रेसियो नै कायम गर्नुपर्ने माग गरेको छ ।

संघकी अध्यक्ष पोखरेलका अनुसार भेटघाटका क्रममा प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीलाई फोन गरी पुँजी बजारमा देखिएका समस्या तत्काल हल गर्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्री देउवाले गभर्नरलाई सेयर बजारमा देखिएको समस्या समाधान गर्न संघसँगको सहकार्यमा नीति बनाउन र लगानीकर्ता समस्यामा परेको भन्दै गम्भीर हुन निर्देशन दिनुभएको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?