रघुपति जुट मिल्सको हिरक जयन्ती

Read Time = 2 mins

काठमाडौं । नेपालकै ऐतिहासिक २००३ भदौ ७ गते स्थापना भएको रघुपति जुट मिल्सले स्थापनाको ७५औँ वर्षको उपलक्ष्यमा विभिन्न कार्यक्रमसहित हिरक जयन्ती (२०७८) मनाउँदै आएको छ । सोही अवसरमा शनिबारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले विराटनगर रानीस्थित मिल्स हातामा उद्योगको क्षमता वृद्धिका लागि थप गर्न लागिएको भवन शिलान्यासका साथै उद्योग हातामा वृक्षारोपणसमेत गर्नुभएको छ ।

सोही क्रममा मन्त्री बडूले कम्पनीअन्तर्गत हनुमान इन्डस्ट्रिज प्रालिमा ५८ वर्षअघिदेखिको सेवा र रघुपति जुट मिल्समा सञ्चालक मोहनलाल राखेचा एवं ५१ वर्षदेखि निरन्तर मेट पदमा कार्यरत मो जफ्फरलार्ई सम्मानपत्र प्रदान गर्नुभएको कम्पनीले जनाएको छ ।

सो अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव डा. नारायण रेग्मी, उपसचिव दुर्गा भुसाल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टीकाराज ढकाल, उपाध्यक्ष एवं प्रदेश सरकार सल्लाहकार राजेन्द्र राउत, नेपाल जुट उद्योग संघका अध्यक्ष एवं रघुपति जुट मिल्सका सञ्चालक राजकुमार गोल्छा, जुट उद्योग संघका उपाध्यक्ष रमेश राठी, रघुपति जुट मिल्सका सञ्चालक अश्विनी गोल्छालगायतको उपस्थिति रहेको कम्पनीका प्रबन्धक श्यामकुमार आचार्यले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?