वातावरण संरक्षणमा खुकुरीका पाँचबुँदे प्रतिबद्धता

Read Time = 2 mins

काठमाडौं । खुकुरी रमको उत्पादक दी नेपाल डिस्टिलरिज प्रालि संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी हो । कम्पनीले विश्व वातावरण दिवसका अवसरमा वातावरण संरक्षण तथा दिगोपना विकासका लागि पाँचबुँदे प्रतिबद्धता व्यक्त गरेको छ ।

कम्पनी आफ्ना उत्पादन प्रक्रियाका क्रममा निस्किने फोहोरलाई ९८ प्रतिशत व्यवस्थापन गर्न सफल भइसकेको जानकारी दिँदै आगामी तीन वर्षभित्रमा शतप्रतिशत शून्यमा झार्ने र पुनः प्रयोग गर्ने अवस्था बनाउने प्रतिबद्धता जनाएको छ । त्यस्तै सन् २०३२ सम्ममा शतप्रतिशत दिगो प्याकेजिङ कार्यान्वयनमा ल्याउने, बोतलहरू पुनः प्रयोग गर्ने, उत्पादनमा प्रयोग हुने बोतल संकलन गर्ने इकोसिस्टमको विकास गर्ने, अत्याधुनिक प्रविधिको सहयोगले बोतल सफा गरी पुनः प्रयोग गर्ने जनाएको छ ।

कम्पनीले ग्रिन इनर्जीमा समेत काम गरिरहेको र आगामी तीन वर्षभित्रमा ग्रिन इनर्जी अवधारणालाई कार्यान्वयनमा ल्याउने जानकारी दिँदै एनडिपिएलले विगत दुई वर्षदेखि नेपाली सेनासँगको सहकार्यमा हिमाल सरसफाइमा काम गरिरहेकोमा आगामी दिनमा समेत सहकार्य जारी राखिने कम्पनीका महाप्रबन्धक सुवास लामिछानेले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?