ओप्पोहृयाकमा टेक प्रतिभालाई आमन्त्रण

Read Time = 2 mins

काठमाडौं । ओपोले हृयाकाथन विशेषज्ञ ‘हृयाकहब’ को सहकार्यमा ओप्पोहृयाक २०२२ आयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रिय हृयाकाथन ओप्पोहृयाक २०२२ ले प्रविधिप्रेमी तथा नवप्रवर्तकको समाजलाई एकत्रित गर्दै उदीयमान प्रविधिको खोजी गर्न ओप्पोहृयाक आयोजना लागिएको कम्पनीले जनाएको छ ।

प्रयोगकर्ता केन्द्रित सर्वव्यापी सेवा अनुभवलाई विशेष जोड दिने विश्व निर्माण गर्ने ओपोको भिजनसाथमा ओपोहृयाकले मानिस र प्रविधिबीच सहज अन्तरसम्बन्ध स्थापित गर्ने लक्ष्य लिएको छ ।

विभिन्न क्षेत्र तथा विशेषज्ञता बोकेका सहभागी निर्वाध क्रस-डिभाइस कनेक्सनका साथै प्रयोगकर्ता केन्द्रित बौद्धिक सेवाका लागि वैश्विक प्रतिभाका माध्यमबाट नवप्रवर्तनात्मक समाधानको खोजीमा जोड दिइने कम्पनीले जनाएको छ । ओप्पोहृयाक २०२२ मार्फत् प्रविधिपे्रमीलाई आफ्नो प्रतिभा परीक्षण गर्ने अवसर प्रदान गर्नुका साथै ओपोले ओपो रिसर्च इन्स्टिच्युट इनोभेसन एक्सलेरेटर पनि सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार प्रविधि र कार्य टोलीको शक्तिमा विश्वास गर्ने ओप्पोहृयाक १२ विश्वविद्यालय, २० इन्क्युबेटर र विश्वभरका पाँच सयभन्दा बढी व्यक्तिसँग जोडिएर भोलिको अन्तरसम्बन्धित समस्या समाधान गर्न सहकार्य र प्र्रतिस्पर्धा गर्ने हृयाकाथन हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?