वनस्पति घ्यू तेलको कच्चा पदार्थमा भन्सार छुट गर्न माग

Read Time = 5 mins

काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले सरकारसँग तेलका लागि आवश्यक कच्चा पदार्थ आयातमा भन्सार छुटको माग रहेको छ । संघले आइतबार पत्रकार सम्मेलन गर्दै सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा भन्सार नघटाएको भन्दै छुटको माग गरेको हो । उपभोक्तालाई चरम महँगीबाट राहत दिन, तयारी सामानभन्दा कच्चा पदार्थको कम्तीमा एक तह कमको भन्सार महसुल हुने नीति अवलम्बन गर्न र भारतबाट अनधिकृृतरूपमा आयात भइरहेको खाने तेल रोक्नसमेत कच्चा खाने तेल आयातमा भन्सार महसुल शून्य र अन्तःशुल्क करमा ५० प्रतिशत छुट दिनुपर्ने संघको माग रहेको छ ।

त्यसैगरी संघले कच्चा सोयाबिन तेल, कच्चा सनफ्लावर, कच्चा पाम र पामोलिन, तोरीको गेडा आयातमा लाग्दै आएको भन्सार शुल्क पनि खारेजीको माग गरेको छ । सोयाबिन, सनफ्लावर, पाम र पामोलिन तेलको कच्चा पदार्थ आयातमा १० प्रतिशत भन्सार र तोरीको गेडा आयातमा पाँच प्रतिशत शुल्क लाग्दै आएको छ ।

संघले सरकारले बिस्कुट तथा चाउचाउ उद्योगलाई पाँच प्रतिशत भन्सार छुटमा प्रशोधित पाम र पामोलिन तेल आयात अनुमति दिएकोमा असन्तुष्टि जनाएको छ । त्यस्ता उद्योगलाई पाँच प्रतिशत भन्सारमै तेलको कच्चा पदार्थ आयात अनुमति नीतिले वनस्पति घिउ तेल उद्योग दीर्घकालसम्म प्रभावित हुने संघको भनाइ छ ।

संघका अध्यक्ष सन्दीप अग्रवालले उपभोक्तालाई चरम महँगीबाट राहत दिन भारत सरकारले खाने तेलको भन्सार महसुल शून्यमा झारेकाले भारतमा नेपालभन्दा सस्तो रहेको भन्दै खाने तेलको अवैध कारोबार बढ्ने बताउनुभयो । उपभोक्तालाई प्रत्यक्षरूपमा राहत दिन खाने तेलको महसुल दर कम गर्नुुको सट्टा अन्य उद्योगलाई कम महसुल दरमा तयारी पाम र पामोलिन तेलको आयात गर्न दिने नीतिले ब्याकवार्ड इन्टिग्रेसमा आधारित स्वदेशी उद्योगलार्ई मर्का पर्न गएको उहाँको भनाइ छ ।

त्यसैगरी कच्चा पदार्थ प्रशोधन गर्दा बाइ प्रोडक्ट (पिएफए/पाल्म फ्याट्टी एसिड) को उत्पादन साबुन उद्योगको कच्चा पदार्थ हो । तयारी सामान आयातमा वृद्धि हुँदा बाइ प्रोडक्टको उत्पादन न्यून हुन्छ र साबुन उद्योगले कच्चा पदार्थ आयातमा वृद्धि गर्नुपर्ने हुन्छ । जसबाट अतिरिक्त बहुमूल्य विदेशी मुद्रा विदेशिने क्रममा वृद्धि हुने बताइएको छ । संघले बिस्कुट कम्पनीलाई तेल आयात गर्न दिँदा स्वदेशी उद्योगको छ अर्ब ५० करोड रुपैयाँको व्यवसायमा असर पर्ने संघले दाबी गरेको छ ।

संघका महासचिव अमित मोरले नेपाली बिस्कुट उद्योगले स्वदेशमा उत्पादित छ अर्ब ५० करोड रुपैयाँ बराबर तेल खरिद गर्ने गरेको भन्दै सरकारले तेलको कच्चा पदार्थको भन्सार नघटाए सञ्चालनमा रहेका २२ र सञ्चालनका क्रममा रहेका तीन उद्योगको एक खर्ब लगानी जोखिममा पर्ने बताउनुभएको छ । नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजेश अग्रवालले सरकारले घिउ तेल र बिस्कुट उद्योगलाई बचाउने नीति अख्तियार गर्नुपर्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले प्रशोधित तेलमा पाँच प्रतिशत भन्सार शुल्क कायम गर्दा आन्तरिक उद्योग संकटमा परेको भन्दै भन्सार शुल्क शून्यमा झानुपर्ने बताउनुभयो । घ्यू तेल उद्योगमा १५ हजारले प्रत्यक्ष रोजगार पाएकोमा सरकारको नीतिले १५ हजारको रोजगारी जोखिममा परेको संघको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
विभिन्न जिल्लामा लागूऔषधसहित ३५ जना पक्राउ नाइमा नेपाल मोबिलिटी एक्स्पोमा दर्शकको घुइँचो वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छ : डा. शशांक कोईराला प्रवासी नेपालीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्री डा. वाग्लेको आह्वान देउवाको आलोचना होइन, आत्मसमीक्षा गर्न कांग्रेस नेता खड्काको आग्रह ललितपुर महानगरद्वारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन मकवानपुरमा एक वर्षमा ३१ जना एचआईभी संक्रमित थपिए लहान अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने : मन्त्री मेहता लहान अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने : मन्त्री मेहता लामवद्ध नागरिक भन्छन्ः दिनभर कुर्दा पनि ग्यास पाएनौँ (तस्बिरसहित)