अर्जेन्टिनाको जितमा मेस्सीको एक्लैको पाँच गोल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले एस्टोनियालाई ५-० ले पराजित गरेको छ । आइतबार राति भएको खेलमा कोपा अमेरिका विजेता अर्जेन्टिनालाई जिताउन कप्तान लियोनल मेस्सीले एक्लै पाँच गोल गरे ।

पहिलो हाफमा दुई गोल गरेका मेस्सीले दोस्रो हाफमा तीन गोल गरेका थिए । आठौं मिनेटमा पेनाल्टीबाट खाता खोलेका मेस्सीले खेलको ४५, ४७, ७१ र ७६ मिनेटमा गोल गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?