‘धाकड’ फ्लप भएपछि आफ्नै बचाउमा कंगना

Read Time = 5 mins

मुम्बई । बलिउड अभिनेत्री कंगना रनावतको फिल्म ‘धाकड’ हालै बक्सअफिसमा पूर्ण रुपमा फ्लप साबित भयो । यद्यपि, उनले हालै इन्स्टाग्राम एकाउण्टमा एक पोस्ट लेख्दै आफू अझै पनि ‘बक्सअफिस क्विन’ भएको दाबी गरेकी छन् । उनले सन् २०२२ लाई ‘ब्लकबस्टर वर्ष’ भनी लेखेकी छन् । कंगनाले ‘बक्स अफिस क्विन अफ इण्डिया’को बारेमा पनि उल्लेख गरेकी छन् ।

‘सन् २०१९ मा मैले ‘मणिकर्णिका’ दिएँ, फिल्मले १६० करोडको व्यापार गर्यो । सन् २०२१ मा ‘थलाइवी’ रिलिज भयो । मैले सन् २०२२ मा धेरै नकारात्मक कुरा देखें । तर यो वर्ष ब्लकबस्टरको हो । आफूलाई तयार राख्नुहोला । यो अहिलेसम्म सकिएको छैन । मलाई यसबाट धेरै अपेक्षा छ’, उनले लेखेकी छन् ।

‘धाकड’ले बक्सअफिसमा पहिलो दिन एक करोड रुपैंयाँको पनि व्यापार गर्न पाएको थिएन । यो फिल्मको निर्देशन रजनीश घईले गरेका थिए । यो फिल्ममा दर्शकको संख्या कम भएपछि कैयौं फिल्म हलले पहिलो शोबाट हटाएको खबर पनि बाहिरिएको थियो । फिल्ममा कंगनाका अलावा अर्जुन रामपाल र दिव्या दत्ताको पनि अभिनय छ ।

कंगना चाँडै फिल्म ‘इमरजेन्सी’ र ‘तेजस’मा देखिँदैछिन् । यसबाहेक उनी ‘सीताः द इन्कारनेशन’ मा पनि देखिँदैछिन् । हालैमात्र उनले ‘टिकू वेड्स शेरु’को सुटिङ पुरा गरेकी छन् ।

‘धाकड’ फ्लप हुने पाँच कारण

भुल भुलैया २

कार्तिक आर्यन र कियारा आडवाणी स्टारर फिल्म ‘भुल भुलैया २’ र कंगनाको फिल्म ‘धाकड’ २० मे २०२२ मा एकसाथ थिएटरमा रिलिज भए । रिलिजअघि ‘धाकड’को अगाडि ‘भुल भुलैया(२’ असफल हुने आँकलन गरिएको थियो । तर जब फिल्म रिलिज भयो, माहौल फरक देखियो । ‘भूल भुलैया २’ले पहिलो दिन जोडतोडका साथ कमाई गर्यो, यो मामलामा ‘धाकड’ असफल साबित भयो । फिल्म समीक्षक तथा व्यापार विश्लेषकले ‘धाकड’सँग ‘भूल भुलैया २’ प्रदर्शन नभएको भए कंगनाको फिल्मले राम्रो व्यापार गर्ने बताइरहेका छन् ।

कथाको अभाव

केही दर्शक छन्, जो आफूले अहिलेसम्म नहेरेको र नसुनेको कथा फिल्ममा हेर्न चाहन्छन् । तर, कंगनाको फिल्मको मामलामा दर्शकको चाहना पूरा हुन सकेन । उनको फिल्म मानव तस्करीमा आधारित छ । जबकी यस्तै कथामा यसअघि ‘शिवाय’, ‘पाखी’ जस्ता कैयौं फिल्म बनिसकेका छन् ।

आकर्षक निर्देशनको खडेरी

कुनै पनि फिल्म पहिला कथा अनि दृश्यको निर्देशनमा आधारित हुन्छ । यदि कथामा दम छैन, तर निर्देशन जबरजस्त छ भने त्यसले दर्शकलाई हलतिर आकर्षित गर्छ । तर, कंगनाको फिल्ममा दुवै कुराको अभाव खड्कियो । यो फिल्मको निर्देशन रजनीश घईले गरेका हुन् ।

ओभर एक्शन

‘धाकड’ नामले नै यो फिल्म एक्सन फिल्म हो भन्ने सबैलाई अनुभव हुन्छ । तर, आजको समयमा केबल एक्सनले मात्र फिल्म चल्दैन । यदि फिल्ममा एक्सनसँगै केही आकर्षक संवाद र कमेडी हुँदैन भने दर्शकले एक्सनमा अल्छी मान्छन् । ‘केजीएफ २’ र ‘आरआरआर’ एक उत्कृष्ट उदाहरण हो । यो फिल्म एक्सनमै आधारित थियो, तर यसमा प्रयोग भएका केही रोचक विषय र कमेडीले दर्शकलाई मनोरञ्जन दिएको थियो ।

विवादित कंगना

कंगना रनावट आफ्नो विवादित बोलीका कारण सधैं चर्चामा आउँछिन् । यस्तो मामलामा समीक्षकहरूले उनको फिल्म फ्लप हुनुमा उनको कडा र तिखो बोलीलाई पनि मानेका छन् । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?