बैतडी । बैतडी सदरमुकामको प्रमुख व्यापारीक केन्द्र गोठलापानी बजारमा सार्वजनिक शौचायय नहुँदा निकै समस्या थियो ।
विभिन्न ठाउँबाट आएका यात्रुहरू शौचालय खोज्दै होटल चहार्थे भने, होटलमा आउजाउ गरिरहने व्यक्ति बाहेकलाई दिशापिसाव गर्न समस्या थियो । प्रायः खानेपानी अभाव भइरहने यस बजारमा होटेलमा समेत दिसापसाव गर्न सबैका लागि सम्भवन थिएन् ।
केहि व्यक्ति त सडक पेटीमा मान्छेहररूकै अगाडी पिसाव फेरिरहेको दिउँसै देखिन्थ्यो । तर त्यो समस्या अब भने हटेको छ । यसअघि नै निर्माण भएको सार्वजनिक शैचालय बल्ल प्रयोगमा ल्याइएको छ । त्यो पनि निशुल्क ।
धेरैजसो सार्वजनिक शौचालयहरुमा ५देखि २० रुपँया सम्म तिर्नुपर्ने हुन्छ । तर गोठलापानी बजारको शौचालयमा भने निशुल्क सेवा रहेको छ । दशरथचन्द नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख पुस्कर राज जोशी लख्खाभाईले यो कदम चाल्नुभएको हो । उहाँको निर्देशनमा पुरानै शौचालयलाई मर्मत गरि टल्काएर सञ्चालनमा ल्याइएको छ ।
गोठलापानि बजारको शौचालय सञ्चालनमा ल्याउनुका साथै नगरका अन्य बजारहरुमा समेत सार्वजनिक शौचालय निर्माण गरिने मेयर जोशीको भनाइ छ ।
उहाँले पदभार ग्रहण गरेकै दिनदेखि मुख्य बजार क्षेत्रहररूमा सरसफाई अभियान सुरु गरिसक्नुभएको छ । सडकमा हिन्दा गन्हाउले सबै फोहोरमैलाको अहिले व्यवस्थापन गरिएको छ भने, दैनिक नगरपालिकाका कर्मचारीहरु सडक सरसफाई गर्न काम गरिरहेको पाइन्छ ।
मेयर जोशी पहिलो पटक भने आफैँ कुच्चो समातेर सरसफाई गर्न सडकमा उत्रनुभएको थियो । उहाँको यो कामको चौतर्फी प्रशंसा भैरहेको छ । अहिले दशरथचन्द नगरपालिकामा एम्बुलेन्स र शव वाहन निःशुल्क गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच