निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग गर्दै बारामा दिनहुँ प्रदर्शन

Read Time = 5 mins

-संजीवकुमार मिश्रा
बारा । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको बाराको निजगढमा निर्माण हुन लागेको दोश्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोक्न सर्वोच्च अदालतले गरेको निर्णय विरुद्ध बारा जिल्लामा दिनहुँ प्रदर्शन हुने गरेको छ ।

सर्वोच्च अदालतले गत १२ गते दोश्रो अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य रोक्न आदेश गरेको थियो । सर्वोच्च अदालतले दिएको आदेश पछि बारा जिल्लाभर दिनहुँ अदालतको आदेशको विरोधमा प्रदर्शन हुँदै आएको छ ।
बाराको टाँगिया बस्तीमा निर्माण हुने भनिएको दोश्रो अन्तर्राष्ट्रिय बिमानस्थल नबनाउन सर्बोच्च अदालतले गरेको फैसला बिरूद्ध जितपुर–सिमरामा प्रदर्शन भएका छन् ।

जितपुरसिमराका सार्वजनिक सरोकार समितिको आयोजनामा बिरोध कार्यक्रमको आयोजना गरिएको थियो । सिमरा चोकबाट सुरू भएको विरोध ¥याली बजार परिक्रमा गरी मुख्य चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोण सभामा बोल्दै सरोकार समितिका संयोजक मनोज पौडेलले सर्बोच्च अदालतको आदेश बिकास बिरोधि रहेको बताउनुभयो । एमालेका नेता समेत रहेका पौडेलले मधेश प्रदेशकै महत्वपूर्ण राष्ट्रिय गौरबको आयोजना बन्न नदिन जारी भएको आदेश डलरे एनजियो बाट परिचालित रहेको आरोप लगाउनुभयो । वाताबरणको नाममा विकासको काम रोकेर देश समृद्ध हुन नसक्ने पोडेलले जिकिर गर्नुभयो ।
टाँगिया बस्तीलाई उचित व्यवस्थापन गरेर विमानस्थल बनाउनुको कुनै बिकल्प उहाँले बताउनुभयो ।

यसै गरि जितपुरसिमरा उपमहानगरपालिका १८ बडहर्वा चोकमा सर्वोच्च अदालतको आदेश विरुद्ध मसाल जुलुस प्रदर्शन गरिएको छ ।
स्थानीय मौवादेवी यूवा क्लबको अगुवाईमा भएको विरोध प्रदर्शन कार्यक्रमका सहभागिहरुले अदालतको कदम विरुद्ध नाराबाजी गरेका थिए । उक्त मशाल जुलुस प्रदर्शनलाई प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रदर्शनमा सहभागिहरुले बारामा अन्तराष्टिय विमानस्थल बन्नुपर्छ । मधेश विरोधी हर्कत मुर्दावाद । विकास विरोधी होशियार लगायत चर्काबाजी नारा लगाएका थिए । निजगढ, सिमरा, कलैया, कोल्हबी लगायतका जिल्लाका मुख्य स्थानहरुमा निरन्तर आन्दोलन भैरहेको छ । सोही क्रममा बडहर्वामा समेत विरोध कार्यक्रमको अयोजना गरिएको मौवादेवी क्लबका सचिव जगदिप कोईरालाले बताउनुभयो ।
मशाल जुलुसपछि बडहर्वा चोकमा आयोजित कोणसभाका वक्ताहरुले आन्दोलनलाई निरन्तरता दिन र जनसरोकारका विषयमा दवावमुलक कार्यक्रमहरु गरिरहनु पर्ने बताएका थिए ।

यसै गरी दोश्रो अन्तर्राष्ट्रिय विमानस्थलले अधिकाँश भाग ओगट्ने कोल्हवी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरीले सर्वोच्च अदालतले पुर्वाग्रह राखेर विमानस्थलको निर्माण कार्य रोक्न आदेश गरेको भन्दै गुनासो गर्नु भएको छ ।
दोस्रो अन्तर्रािष्ट्रय विमानस्थल निर्माण गरिने टाँगियाबस्तीमा रहेका जंगलहरु बर्षौ पहिला नै फडानी गरिएको र अहिले खुल्ला ठाउँमा विमानस्थल बन्दा सर्वोच्च अदालतले त्यसमा रोक लगाउने कार्य जिल्लाको लागि नभएर मधेश प्रदेशकै लागि दुर्भाग्य भएको प्रमुख चौधरीले बताउनुभयो ।

विमानस्थल निर्माण गर्नकै लागि जिल्ला भरि अधिकाँश स्थानहरुबाट सर्वोच्चले गरेको आदेशको बिरोधमा प्रर्दशन भइरहेको र सर्वोच्चले यसलाई गम्भीरतापुर्वक लिनु पर्ने सुझाव नगर प्रमुख चौधरीले दिनुभयो ।

फोटो : सर्वोच्च अदालको फैसलाको विरोधमा भएको प्रदर्शन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?